२१ मंसिर २०७८, मंगलवार
December 7, 2021, Tuesday

अन्तरराष्ट्रिय कुस्ती प्रतियोगिता शुरु

अन्तरराष्ट्रिय कुस्ती प्रतियोगिता शुरु

जितपुर, कपिलवस्तुमा अन्तर्राष्ट्रियस्तरको कुस्ती (दंगल) प्रतियोगिता बिहीबारदेखि शुरु भएको छ ।

शुद्धोधन गाउँपालिका लभनीको आयोजनामा तीनदिने ‘विराट अन्तरराष्ट्रिय कुस्ती प्रतियोगिता’ बिहीबारदेखि शुरु भएको हो । स्थानीयस्तरमा रहेका खेलाडीको विकास र शारीरिक विकास सँगसँगै नेपाल र भारतका खेलाडीबीचको आपसी मैत्रीभाव विस्तार गर्ने मुख्य उद्देश्यका साथ तीनदिने कुस्ती (दंगल) प्रतियोगिताको आयोजना गरिएको आयोजक समितिका अध्यक्ष भागीरथी यादवले बताउनुभयो ।

प्रतियोगिताको उद्घाटन गर्दै नेकपा (एमाले)का नेता तथा समाजसेवी अजिजुर रहमान शेषले लोपोन्मुख खेलको जगेर्ना गर्दै नेपाल–भारतबीचको आपसी सम्बन्ध बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो । प्रतियोगिताको पहिलो दिन बिहीबार १० जोडी पहलमानले प्रतिष्पर्धा गरेका थिए ।

नेपालका नवलपरासी, पोखरा, काठमाडौँलगायतका स्थान तथा भारतका गोरखपुर, वनारस, झाँसी तथा मध्यप्रदेशका शहरबाट पहलमानले उक्त प्रतियोगितामा सहभागिता जनाउने आयोजकको भनाइ छ । प्रतियोगिताको समापन शनिबार हुनेछ ।
रासस

Related News

यू–१९ पुरुष क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनी प्रदेशले उचाल्यो
यू–१९ पुरुष क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनी प्रदेशले उचाल्यो
  • १९ माघ २०७४, शुक्रबार

वाई–वाई यू–१९ पुरुष क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनी प्रदेशले उचालेको छ । टियु क्रिकेट मैदानमा भएको फाइनलमा सुदुरपश्चिम प्रदेशलाई १ सय...

मुलपानी क्रिकेट मैदानमा सुदुरपश्चिमको तेस्रो जित, फाइनल यात्रा बलियो
मुलपानी क्रिकेट मैदानमा सुदुरपश्चिमको तेस्रो जित, फाइनल यात्रा बलियो
  • १९ माघ २०७४, शुक्रबार

सुदूरपश्चिम प्रदेशले वाई–वाई यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको पाँचौ खेलमा तेस्रो जित निकालेसँगै फाइनल प्रवेशको सम्भावनालाई बलियो बनाएको छ ।...

सात वर्षको उमेरमा बुबा गुमाएका बुमराह यसरी बने विश्व चर्चित बलर
सात वर्षको उमेरमा बुबा गुमाएका बुमराह यसरी बने विश्व चर्चित बलर
  • १९ माघ २०७४, शुक्रबार

अन्तर्राष्ट्रिय क्रिकेटमा चर्चित नाम हो, जसप्रित बुमराह। उनको बाल्यकालको नाम जसप्रित जसवीर सिंह बुमराह हो। ६ डिसेम्बर १९९३ मा अहमदाबादमा...

TOP