२० मंसिर २०७८, सोमबार
December 6, 2021, Monday

ईपीएलको अर्को संस्करण अझै भव्य हुने, अस्ट्रेलिया, इङ्ल्यान्डबाट पनि खेलाडी ल्याइने

ईपीएलको अर्को संस्करण अझै भव्य हुने, अस्ट्रेलिया, इङ्ल्यान्डबाट पनि खेलाडी ल्याइने

एभरेस्ट प्रिमियर लिग (ईपीएल)को अर्को संस्करण अझ भव्य हुने दाबी आयोजकले गरेको छ । गत डिसेम्बर १८ देखि ३० सम्म भएको प्रतियोगिताको समीक्षात्मक पत्रकार सम्मेलनमा बुधबार ईपीएलका प्रबन्ध निर्देशक आमिर अख्तरले पुरस्कार रकम, सहभागी खेलाडी तथा दर्शक व्यवस्थापनको दृष्टिकोणबाट अझ भव्य बनाइने बताए ।

उनले अर्को संस्करणमा प्रतियोगिताको पुरस्कार राशि बढाइने बताए । विजेता टोलीका साथै व्यक्तिगत विधामा उत्कृष्ट ठहरिने खेलाडीले पाउने पुरस्कार रकममा समेत वृद्धि गरिने प्रबन्ध निर्देशक अख्तरले जानकारी दिए । ‘अर्को वर्ष प्रतियोगिताको विजेता टोलीले पाउने रकममा अवश्य पनि वृद्धि गरिनेछ’, उनले भने, ‘त्यसका साथै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीले पाउने पुरस्कारमा पनि वृद्धि हुनेछ । यसपटक सर्वोत्कृष्ट खेलाडीले दुईपांग्रे पाएका थिए । अर्को वर्ष चारपांग्रे हुन सक्नेछ ।’

यसैगरी उनले प्रतियोगितामा राम्रा विदेशी खेलाडी ल्याइने पनि बताए । उनका अनुसार अर्को संस्करणमा अस्ट्रेलिया, इङ्ल्यान्डलगायत देशबाट पनि राम्रा खेलाडी ल्याइने बताए । ‘गत वर्ष केही कारणले गर्दा इङ्ल्यान्ड, अस्ट्रेलियाबाट खेलाडी आउन पाएनन् । अर्को संस्करणमा भने हामी ती देशहरूबाट पनि खेलाडी ल्याउने प्रयास गर्नेछौं’, प्रबन्ध निर्देशक अख्तरले भने, ‘अन्य देशहरूबाट पनि यस पटकको भन्दा राम्रा र अनुभवी खेलाडी ल्याउनेछौं ।’

प्रबन्ध निर्देशक अख्तरले यसपटक देखिएका कमीकमजोरीलाई अर्को संस्करणमा सुधार गरिने पनि बताए । विशेष गरी उनले फाइनल खेलमा दर्शकलाई सहज रूपमा मैदान प्रवेश गराउन कठिनाइ बेहोर्नु परेको स्मरण गर्दै आगामी संस्करणमा त्यसलाई सुधार गरिने बताए । प्रतियोगिताको मिति भने पछि नै सार्वजनिक गरिने आयोजकले जनाएको छ ।

पहिलोपटक राजधानीमा खेलाडी अक्सनसहित विदेशी खेलाडीसमेत समावेश गरी सञ्चालित प्रतियोगिताको उपाधि पारस खड्को कप्तानीमा रहेको विराटनगर वारियर्सले जितेको थियो । विराटनगरले फाइनलमा शरद भेषावकरको कप्तानीमा रहेको भैरहवा ग्लाडिएटर्सलाई पराजित गरेको थियो ।

आयोजकले यसै वर्ष आयोजना हुने आगामी संस्करणका लागि ‘ईपीएल २०१७ वाज द बिगेस्ट, ईपीएल २०१८ विल बी बिगर’ भन्ने नारासमेत सार्वजनिक गरेको छ ।

Related News

यू–१९ पुरुष क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनी प्रदेशले उचाल्यो
यू–१९ पुरुष क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनी प्रदेशले उचाल्यो
  • १८ माघ २०७४, बिहीबार

वाई–वाई यू–१९ पुरुष क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनी प्रदेशले उचालेको छ । टियु क्रिकेट मैदानमा भएको फाइनलमा सुदुरपश्चिम प्रदेशलाई १ सय...

मुलपानी क्रिकेट मैदानमा सुदुरपश्चिमको तेस्रो जित, फाइनल यात्रा बलियो
मुलपानी क्रिकेट मैदानमा सुदुरपश्चिमको तेस्रो जित, फाइनल यात्रा बलियो
  • १८ माघ २०७४, बिहीबार

सुदूरपश्चिम प्रदेशले वाई–वाई यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको पाँचौ खेलमा तेस्रो जित निकालेसँगै फाइनल प्रवेशको सम्भावनालाई बलियो बनाएको छ ।...

सात वर्षको उमेरमा बुबा गुमाएका बुमराह यसरी बने विश्व चर्चित बलर
सात वर्षको उमेरमा बुबा गुमाएका बुमराह यसरी बने विश्व चर्चित बलर
  • १८ माघ २०७४, बिहीबार

अन्तर्राष्ट्रिय क्रिकेटमा चर्चित नाम हो, जसप्रित बुमराह। उनको बाल्यकालको नाम जसप्रित जसवीर सिंह बुमराह हो। ६ डिसेम्बर १९९३ मा अहमदाबादमा...

TOP