कीर्तिमानी मूल्यमा बार्सिलोनाबाट फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) गएका नेइमारले पिएसजीबाट घरेलु तथा युरोपियन प्रतियोगिताका डेब्यु खेलमा गोल गरेका छन् ।
किपरलाई रेड कार्ड, नेइमारको गोलमा पिएसजीको जित
यसअघि लिग वान, च्याम्पियन्स लिग र फ्रेन्च कपको डेब्यु खेलमा गोल गरेका ब्राजिलियन नेइमारले बुधबार राति फ्रेन्च लिग कपमा पहिलो पटक खेलेका थिए । यो खेलमा पनि नेइमारले गोल गरे । ५३ औँ मिनेटमा पाएको पेनाल्टीमा गरेको गोल नेइमारले फ्रेन्च लिग कपमा गरेको पहिलो तथा पिएसजीबाट सबै प्रतियोगितामा गरेर २० औँ गोल थियो । नेइमारले बुधबार राति अवे मैदानमा भएको खेलमा ५३ औँ मिनेटमा एमिएन्स विरुद्ध गोल गरेपछि त्यसको सेलिब्रेशन फरक तरिकाले गरे ।
उनको सेलिब्रेशनले सबैको ध्यान तानेको छ, गोलले जस्तै । गोल गरेपछि नेइमारले आफ्नो जुत्ता फुकाले । त्यसलाई निधारमा राखेर अनि अड्याउन थाले । नेइमारले केही बेर जुत्तालाई निधारमै सन्तुलित गरेर राखे ।
नेइमारको यो सेलिब्रेशनको खुब चर्चा भएको छ । नेइमार तथा एड्रिएन रोबिाओट्को गोलमा एमिएन्सलाई २–० ले हराएको पिएसजी फ्रेन्च लिग कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
लुम्बिनी प्रदेशले १६ स्वर्ण, ११ रजत र ११ कांस्य जित्दै बिहीबार १२औँ केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उपाधि जितेको...
त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्ड हलमा सम्पन्न दिनको पहिलो खेलमा साविक विजेता न्यु डायमन्ड स्पोटर््स क्लब पोखराको...
धनगढीमा भोलिदेखि मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लवले प्रतियोगिताको सम्पूर्ण तयारी...