ललितपुर पेट्रियट्स एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको क्वालिफायर्समा प्रवेश गरेको छ । बुधबार भएको पहिलो एलिमिनेटरमा पोखरा राइनोजलाई २७ रनले पराजित गर्दै ललितपुर क्वालिफायर्समा पुगेको हो ।
ललितपुरले अब फाइनल प्रवेशको दोस्रो क्वालिफायर्समा भैरहवा ग्लाडीयटर्ससँग बिहिबार खेल्नेछ । दोस्रो क्वालिफायर्समा बिजेता हुने टोलीले शनिबार हुने फाइनलमा विराटनगर वारिवर्ससँग खेल्नेछ । विराटनगर भैरहवालाई ८ विकेटले पराजित गर्दै यसअघि नै फाइनलमा पुगिसकेको छ । यता, भैरहवाले पहिलो क्वालिफायर्समा पराजित भए पनि दोस्रो क्वालिफायर्स खेल्ने मौका पाएको हो । इपिएलको विजेताले २१ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
किर्तिपुरस्थित टियू क्रिकेट मैदानमा ललितपुरले दिएको १३९ रनको लक्ष्य पछ्याएको पोखरा १९ ओभर १ बलमा अलआउट हुँदै १११ रनमा समेटियो । पोखराको लागि इस्रर उल्लाहले २५ तथा किशोर महतोले २३ रन जोडे । त्यस्तै पोखराका सुशन भारीले १७ रन जोड्दा ताज अली १० रनमा अविजित रहे ।
त्यसबाहेक पोखराका कप्तान शक्ति गौचन र बिक्रम शोब समान ८ – ८ रनमा आउट हुँदा शौरभ खनाल ५, सुनिल धमला, विनोद भण्डारी र आसिफ अली समान २–२ रन जोडेर पेभेलियन फर्किए । ललितपुरका सन्दिप लामिछानेले ३ तथा सन्नी पटेल, पवन शराफ र राशिद खानले समान २–२ विकेट लिए । दिपेश भण्डारीले १ विकेट झारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले पूरै २० ओभर खेल्दै ५ विकेट गुमाएर १३८ रन बनाएको थियो । ललितपुरको सम्मानजनक स्कोरमा जय किशन कोल्सावाला र शंकर रानाले उत्कृष्ट सुरुवात गरे । पहिलो विकेटको लागि कोल्सावाला र रानाले ६० रनको साझेदारी गरेका थिए । कोल्सावाला २८ रनमा आउट भए ।
कोल्सावालालाई गुमाएपछि ललितपुरले थप १४ रन जोड्दा तीन विकेट गुमाएको थियो । कप्तान ज्ञानेन्द्र मल्ल २ रनमा आउट हुँदा रानाले ३४ रन बनाएर पेभेलियन फर्किए । त्यस्तै कुशल भुर्तेल ८ रनमा आउट हुँदा सोनु तामाङ सुन्य रनमा आउट भए । तर, ललितपुरका भारतका सन्नी पटेल र दिपेश भण्डारीले उत्कृष्ट खेल्दै टोलीको पारी सम्हालेका थिए । अविजित रहेका पटेलले ३८ रन बनाए भने भण्डारीले १९ रन जोडे । पोखराका इस्रर उल्लाहले ३ तथा सुशन भारीले २ विकेट लिए ।
लुम्बिनी प्रदेशले १६ स्वर्ण, ११ रजत र ११ कांस्य जित्दै बिहीबार १२औँ केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उपाधि जितेको...
त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्ड हलमा सम्पन्न दिनको पहिलो खेलमा साविक विजेता न्यु डायमन्ड स्पोटर््स क्लब पोखराको...
धनगढीमा भोलिदेखि मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लवले प्रतियोगिताको सम्पूर्ण तयारी...