कीर्तिमानी रकममा यसै सिजनमा स्पेनिस क्लब बार्सिलोनाबाट फ्रन्सेली क्लब पेरिस सेन्ट जर्मनी गएका ब्राजिलियन स्टार नेइमार स्पेपेनिस क्लब रियलमड्रिमा आवद्ध हुने तयारीमा रहेको खबर बाहि आएको छ।
स्पेनिस पत्रिका डायरिओ गोललाई उद्धृत गर्दै एक्सेप्रस युकेले दिएको खबर अनुसार। नेइमारका पिता नेइमार सिनियरले रियल मड्रिडका प्रेसिडेन्ट फ्लोरेन्टनो फेरेजसँग यस विषयमा कुराकानी गरेको र २०१९/२० को सिजनदेखि रियलमा आवद्ध हुनेगरी सम्झौता भएको बताइएको छ।
नेइमार दुई सिजन पिएसजीमै रहेर क्लबलाई उपाधि दिलाउन चाहेको जनाइएको छ। १९८ मिलियन पाउण्डमा पिएसीमा आवद्ध भएका नेइमारले रियल मड्रिडसँग सम्झौता गर्दा २२२ मिलियन पाउण्ड प्राप्त गर्ने पनि उल्लेख गरिएको छ। रियल मड्रिडका स्टार क्रिस्टियानो रोनाल्डोले क्लब छाडेपछिको विकल्पको रुपमा नेइमारलाई तयार पार्ने योजनामा रियल मड्रिड रहेको जनाइएको छ।
लुम्बिनी प्रदेशले १६ स्वर्ण, ११ रजत र ११ कांस्य जित्दै बिहीबार १२औँ केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उपाधि जितेको...
त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्ड हलमा सम्पन्न दिनको पहिलो खेलमा साविक विजेता न्यु डायमन्ड स्पोटर््स क्लब पोखराको...
धनगढीमा भोलिदेखि मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लवले प्रतियोगिताको सम्पूर्ण तयारी...