एभरेष्ट प्रिमियर लिग क्रिकेटमा पोखरा राइनोजले दोस्रो जित हात पारेको छ ।
शुक्रबारको पहिलो खेलमा पोखराले काठमाडौं किङ्ग्स इलाभेनलाई ६ विकेटले हराएको हो । यसअघि पहिलो खेलमा चितवन टाइगर्सलाई १० विकेटले हराएको पोखरा दोस्रो खेलमा विराटनगर बारियर्ससाग पराजित भएको थियो ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा काठमाडौंले दिएको ९९ रनको सामान्य लक्ष्य भेट्टाउन पोखराले १८.२ ओभर खेल्नु पर्यो भने ४ विकेट गुमायो । उसको सुरुवात राम्रो थियो ।
ओनपर सुनिल धमला व्यक्तिगत २० रनमा आउट हुादा टिमको स्कोर ३८ रन थियो । तर, पावर प्ले सकिए लगतै लगातार दुई ओभरमा दुई विकेट गुमायो । विनोद भण्डारी ४ र आसिफ अली मात्र ३ रनमा आउट भए । १२ औं ओभरमा चौथो विकेटका रुपमा राजेश पुलामी व्यक्तिगत ८ रनमा आउट हुादा पोखराले ६५ रन जोडेको थियो र जितका लागि ३४ रन आवश्यक थियो ।
तर, इर्शाउल्लाह र कप्तान शक्ति गौचनले पाचौं विकेटका लागि अविजित ३७ रनको साझेदारी गर्दै इनिङ सकिन ८ बल अघि नै पोखरालाई जित दिलाए । इर्शाउल्लाहले अविजित ४५ रन बनाउादा गौचन १८ रनमा नटआउट रहे ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौंको इनिङ सुरुमै धरमरायो । अमित श्रेष्ठ गोल्डेन डकआउट भए भने कप्तान परवेज मारुफ पनि शुन्यमै आउट भए ।
तर, राजु रिजालले अर्का ओपनर सागर पुनसाग मिलेर तेस्रो विकेटका लागि ३५ रनको साझदारी गरे । रिजाल १७ रनमा आउट भए । पााचौ नम्बरमा ब्याटिङ गर्न आएका सोमपाल कामी १० रनमा आउट हुादा टिमको स्कोर ६४ रन थियो ।
तर, पुरै २० ओभर खेल्दा काठमाडौंले थप चार विकेट गुमाएर कुल ९८ रन मात्र जोड्न सक्यो । उसलाई सस्तैमा समेट्ने क्रममा पोखराका कप्तान शक्ति गौचनसागै विक्रम शोव र सुशान भारीले समान २-२ विकेट लिएका छन् ।
लुम्बिनी प्रदेशले १६ स्वर्ण, ११ रजत र ११ कांस्य जित्दै बिहीबार १२औँ केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उपाधि जितेको...
त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्ड हलमा सम्पन्न दिनको पहिलो खेलमा साविक विजेता न्यु डायमन्ड स्पोटर््स क्लब पोखराको...
धनगढीमा भोलिदेखि मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लवले प्रतियोगिताको सम्पूर्ण तयारी...