२२ मंसिर २०७८, बुधबार
December 8, 2021, Wednesday

वैज्ञानिकले पत्ता लगाए मृत्युको भविष्यवाणी गर्ने प्रविधि

वैज्ञानिकले पत्ता लगाए मृत्युको भविष्यवाणी गर्ने प्रविधि

आफ्नो मृत्यु कहिले हुन्छ ? कसैलाई थाहा हुँदैन । मृत्युको ठ्याक्कै भविष्यवाणी गर्ने विधि दुनियामा अहिलेसम्म विकास भएको छैन । तर अमेरिकी वैज्ञानिकहरुले भने मृत्युको भविष्यवाणी गर्ने प्रविधिको विकास गरेका छन् ।

क्यालिफोर्नियास्थित स्टानफोर्ड विश्वविद्यालयका शोधकर्ताहरुले यस्तो प्रविधिको विकास गरेको दाबी गरेका छन् जसले कुनैप्नि मानिसको मृत्यु कहिले हुन्छ ? भनेर ९० प्रतिशत सम्म सही भविष्यावाणी गर्न सकदछ ।

शोधकर्ताहरुका अनुसार यस आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिको सहायताले कुनैपनि बिरामीको अन्तिम समयलाई पहिले भन्दै धेरै उत्तम बनाउन सकिनेछ ।

मानिसको मृत्यु कहिले हुन्छ भन्ने थाहा नहुँदा कुनैपनि बिरामीले अन्तिम समयमा जुन प्रकारको जिवन जिउन चाहेको हुन्छ, त्यो पाउँदैन ।

शोधकर्ताहरुका अनुसार ८० प्रतिशत अमेरिकीले आफ्नो जिवनको अन्तिम पल परिवारका साथमा घरमै बिताउन चाहन्छन् र घरमै मर्न चाहन्छन् । जबकी ६० प्रतिशत मानिसको मृत्यु अस्पतालमै भैरहेको हुन्छ ।

स्टानफोर्ड विश्वविद्यालयको आर्टिफिसियल इन्टेलिजेन्स ल्याबका विद्यावारिधी शोधार्थी आनन्द अवतीका अनुसार स्टानफोर्ड अस्पताल तथा लुसिल प्याकार्ड बाल अस्पतालबाट झण्डै २० लाख बिरामीको स्वास्थ्य सम्बन्धी तथ्यांक संकलन गरियो । जसमा बच्चा तथा पाका मानिसहरु सम्मै सामेल थिए । उक्त डाटाको माध्यमबाट डिप नेचुरल नेटवर्क तयार पारियो । त्यसपछि आर्टिफिसियल इन्टेलिजेन्सको मद्दतले कुन बिरामीको ३ देखि १२ महिना भित्रमा मृत्यु हुनेवाला छ भन्न अनुमान लगाइयो ।

शोधकर्ताका अनुसार उनीहरुले यस्तो मोडेल बनाउन सफल भएका छन् जसको सहायताले कुनैपनि प्रकारबाट हुने मृत्युको कारण पत्ता लगाउन सकिन्छ । साथै मृत्यु हुनुअघि कुनैपनि बिरामीको स्याहार सुसार कसरी गर्न सकिन्छ भन्ने कुरा पनि बताउन सकिनछ । एजेन्सीको सहयोगमा

Related News

आज विश्व टेलिभिजन दिवस
आज विश्व टेलिभिजन दिवस
  • ७ माघ २०७४, आईतवार

आज विश्व टेलिभिजन दिवस, विश्वभर मनाइदैछ । १७ डिसेम्बर १९९६ मा बसेको संयुक्त राष्ट्रसंघको महासभा बैठकले हरेक बर्ष २१ नोभेम्बरका...

करिब ३ लाख २० हजार पञ्जाब सैनिकले पहिलो विश्वयुद्ध लडेको खुलासा
करिब ३ लाख २० हजार पञ्जाब सैनिकले पहिलो विश्वयुद्ध लडेको खुलासा
  • ७ माघ २०७४, आईतवार

करिब ३ लाख २० हजार पञ्जाब सैनिकले पहिलो विश्वयुद्ध लडेको तथ्यांक सार्वजनिक भएको छ । बेलायती इतिहासकारले सो खुलासा गरेका हुन्...

के हो मलमास ?
के हो मलमास ?
  • ७ माघ २०७४, आईतवार

ज्योतिष शास्त्रअनुसार २०७५ साल जेठ २ गतेबाट मलमास सुरु भएको छ । मासको अर्थ महिना हो । खासमा यसको नाम...

TOP