पछिल्लो समय लगातार महिनामा दुईपटक मूल्य बढाउँदै आएको सरकारले पुनः पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर १०÷१० रुपैयाँले बढाएको छ । निर्वाचन लगत्तै सरकारले जनताको ढाड सेक्ने पुनः भारी मूल्यवृद्धि गरेको हो ।
रुस–युक्रेन युद्धको प्रभावका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यसँगै प्रशोधित तेलको मूल्य निरन्तर बढ्दै गएको दाबी गर्दै सरकारी स्वामित्वमा सञ्चालित नेपाल आयल निगमले शनिबार राति १२ बजेदेखि नै लागू हुनेगरी एकैपटक पेट्रोल र डिजेलको मूल्यप्रति लिटर १०÷१० रुपैयाँले बढाएको हो ।
– जनताको ढाड सेक्दै सरकार
– पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर १०÷१० रुपैयाँ बढ्यो
निगमका अनुसार शनिबार मध्यराति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलसमेतको साबिकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर १० रुपैयाँ वृद्धि भएको छ ।
यसरी बढाइएको यो नयाँ मूल्यसँगै अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ७० रुपैयाँ, डिजेल र मट्टीतेलको नयाँ खुद्रा बिक्री मूल्य १ सय ५३ रुपैयाँ कायम गरिएको छ । निगमका अनुसार एलपी ग्याँस तथा हवाई इन्धनको बिक्री मूल्य भने हाललाई यथावत राखिएको छ । यसरी प्रतिलिटर १० रुपैयाँका दरले बढाइएको इन्धनको मूल्यपछि अब सार्वजनिक सवारीसाधनलगायत हरेक क्षेत्रमा भाउ थप बढ्नेछ ।
जसका कारण हरेक क्षेत्रमा निरन्तर बढिरहेको चर्को मूल्यवृद्धिको मार खेप्न बाध्य नेपाली उपभोक्ता थप मारमा पर्ने सम्बन्धित सरोकारवाला एवं आमउपभोक्ताको गुनासो छ । उनीहरूले यसले अब न्यून आय भएका उपभोक्तालाई आफ्नो दैनिकी चलाउनसमेत थप कठिन हुने बताएका छन् ।
निगमका सहप्रवक्ता पुष्कर कार्कीले अझै धेरै घाटा हुँदाहुँदै पनि हाललाई खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् राखिएको बताए । मूल्य समायोजनपछि पनि पाक्षिक ४ करोड २५ लाख रुपैयाँ नोक्सानी रहेको निगमले जनाएको छ ।Source
कञ्चनपुरमा बङ्गुरपालकको संख्या बढेसँगै बजारको अभाव हुन थालेको छ । बजार अभाव भएपछि बङ्गुरपालक सस्तोमै बङ्गुर बेच्न बाध्य भएका छन्...
पेट्रोल र डिजेलको लागत मूल्य २ सय नाघेपछि नेपाल आयल निगमलाई घाटा थपिन थालेको छ । इन्डियन आयल कर्पोरेशनले पठाएको...
कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७९÷८० का लागि ३२ अर्ब ६१ करोडको बजेट ल्याएको छ । यो बजेट चालू आर्थिक...