९ चैत्र २०७९, बिहीबार
March 23, 2023, Thursday

भारतीय अटो कम्पनी टाटा मोटर्सको विक्री २७ प्रतिशतले बढ्यो

भारतीय  अटो कम्पनी टाटा मोटर्सको विक्री २७ प्रतिशतले बढ्यो

भारतीय  अटो कम्पनी टाटा मोटर्सको विक्री २७ प्रतिशतले बढेको छ । 

कम्पनीको विद्युतीय गाडी तर्फको व्यापार भने ५ गुणाले बढेको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । टाटा, महिन्द्रालगायतका गाडीको विक्री बढ्दा हुण्डाई मोटर्सको विक्री भने ११ प्रतिशतले घटेको बताइएको छ ।

टाटाले जनवरीमा ७६ हजार २१० सवारी साधन विक्री गरेको छ । कम्पनीका अनुसार २०२१ को सोहि महीनामा ५९ हजार ८६६ ओटा सवारी साधन विक्री गरेको थियो । 

भारतको घरेलु सवारी साधन निर्माता कम्पनी टाटाले भारतीय बजारमा मात्रै २६ प्रतिशतले विक्री बढाउन सफल भएको हो । जुन ७२ हजार ४८५ हो। गत वर्षको जनवरीमा भारतीय बजारमा मात्रै ५७ हजार ६४९ ओटा सवारी विक्री भएका थिए ।

टाटा मोटर्सले उत्पादन गर्ने ईलेक्ट्रिक मोटर्सको विक्री पनि पाँच गुणाले बढेको बताएको छ । २०२१ को जनवरीमा जम्मा ५१४ ओटा मात्र ईलेक्ट्रिक सवारी विक्री गरेको टाटाले यो वर्षको सोहि महीनामा २ हजार ८९२ ओटा विद्यूतीय सवारी विक्रि गरेको छ ।

त्यस्तै महिन्द्रा गाडीको विक्री २० प्रतिशतले बढेको छ । गत वर्षको यसै महीनामा ३९ हजार १४९ ओटा मात्रै सवारी विक्रि गरेको महिन्द्राले यो जनवरीमा भने ४६ हजार ८०४ ओटा सवारी विक्री गरेको हो । 

उसले घरेलु बजारमा मात्रै १९ हजार ९६४ ओटा सवारी विक्री गरेको छ । गत वर्ष सोहि महीनामा २० हजार ६३४ ओटा सवारी विक्री गरेको थियो । जनवरीमा महिन्द्राले २ हजार ८०० सवारी साधन निर्यात गरेको छ । महिन्द्राले गत वर्षको सोहि महीनामा २ हजार २८६ ओटा सवारी निर्यात गरेको थियो ।

त्यस्तै हुण्डाईको विक्रीमा भने ११ प्रतिशतले गिरावट आएको छ ।  गत बर्ष ६० हजार १०५ सवारी विक्री गरेको कम्पनीले गत जनवरीमा ५३ हजार ४२७ ओटा मात्रै सवारी विक्रि गर्न सकेको छ । हुण्डाईको घरेलु बजारमा समेत १५ प्रतिशतले विक्री कम भएको जनाईएको छ ।

Related News

२४ दशमलव ८३ अंकले ओर्लियो सेयर बजार
२४ दशमलव ८३ अंकले ओर्लियो सेयर बजार
  • १९ माघ २०७८, बुधबार

सेयरबजार परिसुचक पुन ओरालो लागेको छ । अघिल्लो दिन ५५ अंकले उकालो लागेको सेयर बजार परिसुचक साताको तेस्रो कारोबार दिन...

नयाँ सारथी लघुवित्तको बोनस शेयर सूचीकृत
नयाँ सारथी लघुवित्तको बोनस शेयर सूचीकृत
  • १९ माघ २०७८, बुधबार

 नयाँ सारथी लघुवित्त वित्तीय संस्थाको बोनस शेयर  नेप्सेमा सूचीकृत भएको छ। कम्पनीको ४ लाख ८४ हजार ४१२ दशमलव ६० कित्ता...

बीमा क्षेत्रको पहिलो मर्जर, हिमालयन र एभरेष्ट इन्स्योरेन्स गाभिएर गरे आजबाट एकीकृत कारोबार
बीमा क्षेत्रको पहिलो मर्जर, हिमालयन र एभरेष्ट इन्स्योरेन्स गाभिएर गरे आजबाट एकीकृत कारोबार
  • १९ माघ २०७८, बुधबार

मर्जरपछि हिमालयन एभरेष्ट इन्स्योरेन्सले साउन १ गते बिहानबाट एकीकृत कारोबार सुरु गरेको छ। नियामक बीमा समितिले चुक्ता पुँजी वृद्धि अनिवार्य...

TOP