खुदो र सखरको माग बढेपछि पाँचथरका किसान उखु खेतीमा आकर्षित भएका छन । जिल्लाको हिलिहाङ गाउँपालिकाको भारपा, सिमखर्क साथै फिदिम नगरपालिकाको हेवाखोला आसपासका किसानले कृषि श्रमिक अभावले बाँझिएका खेतमा उखु रोपेर यतिबेला अन्य बालीभन्दा धेरै आम्दानी गर्ने गरेका छन् । कालो ज्ञवारा जातको उखुको व्यावसायिक खेती गर्दै आएका पाँचथरका किसान यतिबेला उखु पेलेर खुदो र सखर बनाउन व्यस्त देखिन्छन् ।
जिल्लाको भारपा, सिमखर्क साथै फिदिम नगरपालिकाको हेवाखोला आसपास उत्पादित कालो ग्यामेरा उखुको सक्खरको माग अत्यधिक भएपछि सीमित क्षेत्रमा व्यावसायिकरूपमा खेती हुने यो उखुको माग पूरा गर्न कृषकलाई हम्मेहम्मे परेको छ ।
यहाँ उत्पादित सखर स्थानीय बजारमा नै खपत हुने भएकाले यसको माग बड्दो रहेको कसानहरुको भनाइ छ । उनीहरुले उत्पादन गरेको सखर प्रतिकिलो ५ देखि ७ सय रुपैयाँमा बिक्री हुने भएकाले नै सखर बेचेरै लाखौ आम्दानी गर्ने गरेका छन् ।
सीमित क्षेत्रमा व्यावसायिक रूपमा खेती हुन थालेको यो उखु उत्पादनको माग पूरा गर्न कृषकलाई हम्मेहम्मे पर्ने गरेको छ । कालो ग्यामेरा उखुलाई औषधीको रुपमा समेत मानिन्छ भने धार्मिक अनुष्ठानमा समेत यो उखुको सक्खरको प्रयोग हुने गरेको स्थानीय तुङ्ग प्रसाद भण्डारीको भनाइ छ ।
उखुको डाँठ पेलेर खुदो र सखर पकाइन्छ भने पात गाईबस्तुलाई खुवाइन्छ । उखुको टुप्पो बीउ रोप्न प्रयोग हुन्छ । सखर र खुदोको माग र मूल्य बढ्नथालेपछि धान रोप्न छाडेर किसान उखु खेतीतर्फ आकषिर्त हुँदै गएका हुन् ।
सेयरबजार परिसुचक पुन ओरालो लागेको छ । अघिल्लो दिन ५५ अंकले उकालो लागेको सेयर बजार परिसुचक साताको तेस्रो कारोबार दिन...
नयाँ सारथी लघुवित्त वित्तीय संस्थाको बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ। कम्पनीको ४ लाख ८४ हजार ४१२ दशमलव ६० कित्ता...
मर्जरपछि हिमालयन एभरेष्ट इन्स्योरेन्सले साउन १ गते बिहानबाट एकीकृत कारोबार सुरु गरेको छ। नियामक बीमा समितिले चुक्ता पुँजी वृद्धि अनिवार्य...