छोटो दूरीका लागि उपयोगी अत्याधुनिक प्रविधियुक्त सवारीसाधन निर्माणका लागि विश्वप्रसिद्ध कम्पनी सेगवे–नाइनबोटले आफ्नो आकर्षक, नयाँ शैली र मौलिक इलेक्ट्रिक स्कुटर सेगवे इ–१०० नेपालमा सार्वजनिक गरेको छ । सन् २००१ देखि यो कम्पनी दुईपांग्रे सेल्फ–ब्यालेन्सिङ सवारी र इलेक्ट्रिक सवारीहरुको उत्पादनको लागि प्रख्यात छ ।
सेगवेले सन् १९९९ देखि रोबोटिक प्रविधिमा प्रवेश गरे पनि, विगतका वर्षहरुमा प्राविधिक विकासमा यसको प्रगतिले फड्को मारेको छ, विशेष गरी बम डिस्पोजल रोबोट, पर्सनल रोबोट, डेलिभरी रोबोट आदिमा । झन् नाइनबटसँग रणनीतिक सहकार्य पछि सेगवे आफूलाई यस यस विधामा उत्कृष्ट प्रमाणित गर्दै आएको छ ।
सेगवे नाइनबोटको लागि नेपालमा आई हब प्रालि आधिकारिक आयातकर्ता र वितरक कम्पनी हो । आई हब प्रालिका निर्देशक तथा मालिक बिजुली दाइ भनेर चिनिने लोकेश ओलीले नेपालमा प्रख्यात ब्रान्ड सेगवेलाई विद्युतीय सवारीसाधनको साथ स्वच्छ र सुरक्षित पर्यावरण प्रवद्र्धन गर्ने उद्देश्य हेतुले आयात गरेका हुन् ।
विश्वव्यापी रुपमा लोकप्रिय र उच्च बिक्री हुने इ–स्कुटर ब्रान्ड सेगवे इ–१०० माघको तेस्रो हप्तादेखि नेपाली बजारमा उत्पादक वारेन्टीका साथ उपलब्ध छ । आई हब प्रालिले निकट भविष्यमा नेपाली बजारका लागि सेगवे इ–स्कुटरका अन्य मोडलहरु पनि ल्याउनेछ ।
‘‘इ–१००’ विभिन्न चार आकर्षक रंगहरूमा उपलब्ध छन् । कालो, सेतो, नीलो र रातो रंगमा उपलब्ध विद्युतीय स्कुटरको तौल ८० किलो रहेको छ । यसमा छ वटा लेन्स राखिएको छ भने स्वचालित रूपमा वातावरणीय प्रभावअनुसार प्रकाश फ्याक्ने सुविधा पनि उक्त स्कुटरमा उपलब्ध छ । त्यस्तै, इ स्कुटरमा मोबाइल चार्र्जिङ स्लट, तीन फरक ड्राइभिङ मोड, लिथियम आयन युक्त पानी प्रतिरोधी ब्याट्री जस्ता सुविधाहरू उपलब्ध छन् ।
नाइनबट इ–स्कुटर इ–१०० चार भिन्न कालो, सेतो, नीलो र रातो आकर्षक रंगहरुमा उपलब्ध रहेका छन् । परम्परागत स्कुटरको तुलनामा इ–१०० आकर्षक डिजाइनमा उपलब्ध छ । यसको साइज १७५५एमएम × ६७५ एमएम × ११३५ एमएम रहेको छ । विद्युतीय सवारीसाधन भए पनि इ–१०० को तौल ८० केजी छ । यसमा छ वटा लेन्ससहितको इन्टेलिजेन्ट म्याट्रिक्स एलईडी हेडल्याम्प राखिएको छ, जसले स्वचालित रुपमा वातावरणीय प्रभावअनुसार प्रकाश फाल्दछ । यो इ–स्कुटरमा मोबाइल चार्जिङ स्लट, तीन फरक ड्राइभिङ मोड, लिथियम–आयन युक्त पानी प्रतिरोधी ब्याट्री–आईपीएक्स ५ जस्ता सुविधाहरु उपलब्ध छ र साथै, यसले उत्कृष्ट टर्क पनि प्रदान गर्दछ ।‘‘इ–१००’ विभिन्न चार आकर्षक रंगहरूमा उपलब्ध छन् । कालो, सेतो, नीलो र रातो रंगमा उपलब्ध विद्युतीय स्कुटरको तौल ८० किलो रहेको छ । यसमा छ वटा लेन्स राखिएको छ भने स्वचालित रूपमा वातावरणीय प्रभावअनुसार प्रकाश फ्याक्ने सुविधा पनि उक्त स्कुटरमा उपलब्ध छ । त्यस्तै, इ स्कुटरमा मोबाइल चार्र्जिङ स्लट, तीन फरक ड्राइभिङ मोड, लिथियम आयन युक्त पानी प्रतिरोधी ब्याट्री जस्ता सुविधाहरू उपलब्ध छन् ।
यसमा चार प्रतिशत भोल्युमबाट शतप्रतिशत भोल्युमसम्म चार्ज गर्न लगभग सात घण्टा लाग्छ । डुअल ब्याट्री मोडअन्तर्गत यसमा २०० किमिसम्म यात्रा गर्न सकिन्छ । ई–१०० सँग एक स्वतन्त्र रुपमा विकसित झट्का अवशोषण प्रणाली पनि छ, जसले सडकको सतहको अवस्थाअनुसार प्रतिक्रिया दिँदै, प्रकाश कम्पनहरु कम गर्दै सवारीको कडापना र चिसोपनाको सही समायोजन गर्दछ जसले गर्दा सवारी थर्किएको अनुभव कम हुन्छ । सेगवे इ–१०० को नेपाली मूल्य दुई लाख ९१ हजार रुपैयाँ तोकिएको छ ।
इन्टरनेसनल प्रोजेक्ट डेभेलपमेन्ट फोरम, आइपिडिएको प्रथम बार्षिक उत्सव तथा विशिष्ट ब्यक्तित्व सम्मान कार्यक्रमको अवसरमा स्वागत मन्तब्य दिनुहुदै संस्थाका उपाध्यक्ष भवानी...
नेपालले एक वर्षमा करिव २६ करोड रुपैयाँका विभिन्न बाद्ययन्त्रहरु आयात गर्ने गरेको पाइएको छ । नेपालले गत आर्थिक वर्ष २०७८/७९...
सेयरबजार परिसुचक पुन ओरालो लागेको छ । अघिल्लो दिन ५५ अंकले उकालो लागेको सेयर बजार परिसुचक साताको तेस्रो कारोबार दिन...