रसुवा भन्सार कार्यालय टिमुरेबाट चार अर्ब ३३ करोड रुपैयाँ बढी राजस्व संकलन हुँदा निर्यात शून्य भएको छ । यो चालू आर्थिक वर्षअन्तर्गत गत साउनदेखि पुस मसान्तसम्म रसुवागढी नाकाबाट आयात भएका चिनियाँ सामग्रीको भन्सार मूल्यांकनबाट प्राप्त राजस्वको आँकडा हो ।
प्रमुख भन्सार अधिकृत रामप्रसाद मैनालीका अनुसार छ महिनाको अवधिमा चार अर्ब ३३ करोड ४५ लाख नौ हजार रुपैयाँ संकलन भएको छ । कोभिड संक्रमणको सुरूवातपश्चात् चिनियाँ पक्षले दैनिक नौवटा कन्टेनरमार्फत रसुवागढीको मितेरी पुल छेउमा सामान पु-याउने गरेको छ । व्यापारी, व्यवसायी र निजी कम्पनीमार्फत आयात गरिएका सामग्रीमा लाग्ने शुल्कबापतको राजस्व असुली भएको हो । चीनतर्फ जाने निर्यात भने शून्य छ । दुई आर्थिक वर्षको राजस्व असुली तुलनात्मकरुपमा हेर्दा यस वर्ष झण्डै साढे दुई गुणाले बढेको छ ।
गत वर्षको यस अवधिमा एक अर्ब ७२ करोड २४ लाख दुई हजार रुपैयाँ मात्र असुली भएको थियो । साना–ठूला सबै प्रकारका सवारीसाधन, निर्माणाधीन हाइड्रोपावरका उपकरण, स्याउ, ओखर, तयारी पोशाक, जुत्ताचप्पल, बच्चाका खेलौना, रोल कपडा, विद्युतीय सामग्रीजस्ता विविध सामग्री आयात भइरहेको भन्सार कार्यालय टिमुरेले जनाएको छ ।
सरकारले असार १ गतेदेखि मतदाता नामावलीमा नाम दर्ता गरिरहेको छ । यसअघि मतदाता नामावलीमा नाम दर्ता गर्न छुटेका तथा भर्खरै...
कञ्चनपुरमा बङ्गुरपालकको संख्या बढेसँगै बजारको अभाव हुन थालेको छ । बजार अभाव भएपछि बङ्गुरपालक सस्तोमै बङ्गुर बेच्न बाध्य भएका छन्...
राष्ट्रिय गौरवको आयोजना अन्तर्गत रहेको भेरी–बबई डाइभर्सन आयोजनाको निर्माण सक्न अझै तीन वर्ष लाग्ने देखिएको छ । याे आयोजनाको हालसम्म...