१७ जेष्ठ २०८०, बुधबार
May 31, 2023, Wednesday

अष्ट्रेलियाको पर्थबाट नमुना बस्तीलाई ३२ लाख सहयोग जुट्यो

अष्ट्रेलियाको पर्थबाट नमुना बस्तीलाई ३२ लाख सहयोग जुट्यो

काठमाडौं–हाँस्य कलाकार धुर्मुश सुन्तली फाउण्डेसनद्धारा निर्माणाधिन ‘एकीकृत नमुना सन्तपुर बस्ती’ का लागि अष्ट्रेलियाको पर्थबाट रु.३२ लाख सहयोग जुटेको छ ।

वी केयर नेपाल संस्थाले पर्थमा शनिवार गरेको ‘धुर्मुस सुन्तली साँझ विथ नेपाल आईडल टप ३’ कार्यक्रमका साथै पर्थको नेपाली समुदायले आर्थीक सहयोग गरेको सिताराम कट्टेल धुर्मुशले जनाएका छन् । ‘पर्थ बसाईको क्रममा सहयोगी महानुभावहरुबाट प्राप्त सहयोग साथैं वी केयर नेपालको तर्फबाट संकलित २५ हजार अष्ट्रेलियन डलर गरी लगभग ४० हजार अष्ट्रेलियन डलर (अनुमानित नेपाली ३२ लाख भन्दा बढी) लागि जुटाउन सफल भएका छौं ।’ धुर्मुश सुन्तलीको फेसबुक पेजमा उल्लेख गरिएको छ ।

सांगितिक प्रस्तुतीका लागि अष्ट्रेलिया भ्रमणमा रहेका नेपाल आइडलका टप थ्री बुद्ध लामा, निशान भट्टराई र प्रताप दासले धुर्मुश सुन्तलीको सक्रियतामा निर्माणाधिन एकिकृत वस्तीका लागि आर्थिक जुटाउन सहयोग गरेका थिए ।

सन्तपुर बस्तीको लागि करिब २ करोड ३० लाख रकम अपुग रहेको जनाइएको छ । रौतहटको चन्द्रपुर नगरपालिका ८ स्थित सन्तपुरमा बनाउन लागिएको वस्ति धुर्मुश सुन्तली फाउण्डेसनको चौथो परियोजना हो । असोज ४ बाट निर्माण शुरु गरिएको घरहरु माघ २४ मा बाढि पिडित परिवारहरुलाई हस्तान्तरण गरिने फाउण्डेसनले जनाएको छ ।

५ करोड ७५ लाख लागतमा ४५ घर सहित मन्दिर ,सामुदायिक भवन र भ्यु टावर निर्माण गरिने फाउण्डेसनले जनाएको छ । निर्माणाधिन बस्तीमा हजाम,दुसाद,मुसहर,लोहार र माझी जातीका बसोवास गर्दछन् ।

Related News

ग्रिसमा कार्गो जहाज दुर्घटना
ग्रिसमा कार्गो जहाज दुर्घटना
  • ६ पुष २०७४, बिहीबार

उत्तरी ग्रिसमा एउटा कार्गो जहाज दुर्घटना भएको छ । सर्वियाबाट जोर्डनका लागि उडेको युक्रेनी कम्पनीको जहाज ग्रिसको काभाला नजिकै दुर्घटना...

युक्रेनी संकटको असर : अन्तरराष्ट्रिय बजारमा २ हजार डलरमाथि पुग्यो सुनको भाउ, पालाडियम पनि अहिलेसम्मकै उच्च
युक्रेनी संकटको असर : अन्तरराष्ट्रिय बजारमा २ हजार डलरमाथि पुग्यो सुनको भाउ, पालाडियम पनि अहिलेसम्मकै उच्च
  • ६ पुष २०७४, बिहीबार

अन्तरराष्ट्रिय बजारमा बहुमूल्य धातु सुनको भाउ २ हजार डलरमाथि उक्लिएको छ । रुस–युक्रेन बीचको तनाव चर्किदै गएपछि लगानीकर्ताहरुमा सेफ हेभन...

रुसको आक्रमणबारे धारणा बनाउन क्वाडका नेताहरुद्वारा छलफल
रुसको आक्रमणबारे धारणा बनाउन क्वाडका नेताहरुद्वारा छलफल
  • ६ पुष २०७४, बिहीबार

अमेरिका,अष्ट्रेलिया, जापान र भारतका नेताहरू भर्चुअल छलफल गर्दैछन् । क्वाड भनिने क्वाड्रिलेटरल सेक्युरिटी डाईलगमा आवद्ध यी ४ मुलुकका नेताहरूबीच कुरा...

TOP