चीनले लामो समयसम्म अपनाएको एक सन्तान नीतिको प्रभावस्वरुप यहाँको जनसांख्यिकी फेरिएको छ ।
वृद्ध जनसंख्या तीव्र दरमा बढिरहेको छ । सन् २०२५ देखि त्यहाँ जनसंख्या घट्दै जाने र कार्यबलमा नकारात्मक प्रभाव पर्ने आशंका गर्न लागिएको छ । यस्तो स्थिति आउन नदिन सरकारले धेरै सन्तान जन्माउन मातापितालाई प्रोत्साहन दिइरहेको छ ।
कयौं स्थानीय सरकारहरुले आफ्नो क्षेत्रमा जनसंख्या बढाउन स्थानीय स्तरमा कयौं अभियान चलाएका छन् । सरकारको यो नीतिलाई टेवा दिन केही कम्पनीहरुले आफ्ना कर्मचारीहरुका बिदा बढाएका छन् भने बोनसस्वरुप हजारौंं युआन पनि दिइरहेका छन् ।
पेचिङस्थित कृषि प्रविधि कम्पनी ता पेइ नोङ ग्रुपले तेस्रो सन्तान जन्माउने आफ्ना कर्मचारीहरुलाई ९० हजार युआन बोनस दिइरहेको छ । साथै महिला कर्मचारीलाई अतिरिक्त एक वर्षसम्मको सुत्केरी बिदा पनि दिइरहेको छ । नवपितालाई पनि थप ९ दिन तलबी सुत्केरी स्याहार बिदा छ । अहिले चीनमा ता पेई नोङ सबैभन्दा दानी कम्पनीको रुपमा देखा परेको छ ।
कम्पनीले पहिलो र दोस्रो सन्तान जन्माउने मातापितालाई पनि बोनस दिइरहेको छ । बोनस पहिलो सन्तानको लागि ३० हजार युआन र दोस्रो सन्तानका लागि ६० हजार युआन रहेको छ । सुत्केरी बिदापनि पहिलो, दोस्रो र तेस्रो सन्तानका लागि क्रमशः १ महीना, ३ महीना र १२ महीनाले बढाइएको छ ।
चीनको सरकारी नीतिअनुसार महिलाले ९८ दिन सुत्केरी बिदा पाउँछन । पुरुषलाई सुत्केरी श्रीमति स्याहार्न कुनै बिदा छैन । तर स्थानीय सरकारहरुले महिला कर्मचारीलाई अतिरिक्त सुत्केरी बिदा अनि पुरुष कर्मचारीलाई एक हप्तादेखि एक महीनासम्मको पितृत्व बिदा दिन नियमन जारी गरेका छन् ।
चीनमा शिशु बोनस, लामो बिदा, कर छूट, बच्चाको लालनपालनका लागि सहुलियत आदि पनि दिन थालिएको भन्दै केही दिनअघि चिनियाँ पत्रिका नेशनल विजनेश डेलीले समाचार नै छापेको थियो । यसरी जनसंख्या बढाउन नगद वितरण र सेवा सुविधा बढाउने देशको सूचिमा चीन एक्लै छैन ।
पछिल्लो समय जनसांख्यकीय संकटतर्फ उन्मुख जापानमा पनि यस्तै खालको उपायहरु अपनाउन लागिएको छ । विश्वमै सबैभन्दा न्यून जन्मदर भएको सिंगापुरले पनि सन् २०२० मा कोरोना भाइरसको महामारीबीच सन्तान जन्माउन इच्छुक अभिभावकहरुलाई एक मुष्ठ रकम दिएको थियो । एजेन्सीहरुको सहयोगमा
उत्तरी ग्रिसमा एउटा कार्गो जहाज दुर्घटना भएको छ । सर्वियाबाट जोर्डनका लागि उडेको युक्रेनी कम्पनीको जहाज ग्रिसको काभाला नजिकै दुर्घटना...
हरेक वर्ष जेष्ठ शुक्ल द्वादशीको दिनबाट सुरु भएर असार कृष्ण तृतीयाको दिन समाप्त हुने (ज्याः पुन्ही) पनौती जात्रा मंगलबार सकिएको...
पत्रकार हरुको उत्थानमा सकृय संस्था राष्ट्रिय अनलाइन पत्रकार संघ (नोजा) र ॐ समाज डेन्टल हस्पिटल बिच बिबिध बिषयमा संझौता भएको...