१० चैत्र २०७९, शुक्रबार
March 24, 2023, Friday

बंगलादेशमा फेरिमा आगो लाग्दा कम्तीमा ३६ जनाको मृत्यु

बंगलादेशमा फेरिमा आगो लाग्दा कम्तीमा ३६ जनाको मृत्यु

बंगलादेश शुक्रबार बिहान एउटा फेरिमा आगो लाग्दा कम्तीमा ३६ जनाको मृत्यु भएको छ।

समाचार संस्था एएफपीका अनुसार राजधानी ढाकाबाट २५० किलोमिटर दक्षिणमा पर्ने झालोकाथी सहर नजिकै सुगन्धा नदीमा स्थानीय समयअनुसार बिहान तीन बजे उक्त आगलागी भएको हो।

तीन तले फेरिमा झन्डै पाँच सय मानिस सवार थिए। तीमध्ये धेरैजसो ढाकाबाट आफ्नो गाउँ फर्किँदै थिए।

फेरिको इन्जिनबाट आगलागी सुरू भएको बताइएको छ। फेरिमा आगो लागेपछि केही यात्रुले ज्यान जोगाउन नदीमा हाम फालेका थिए।

बंगलादेशको प्रहरीले अहिलेसम्म ३६ जनाको शव निकालेको र मृतकको संख्या अझै बढ्न सक्ने बताएको छ। आगोले जलेका झन्डै १०० जनालाई उपचारका लागि अस्पताल लगिएको छ। केही मानिसहरू अझै हराइरहेका छन्।

बंगालको खाडीमा मिसिने धेरै नदीहरू बंगलादेश भएर जान्छन्। धेरै नदीहरू भएकाले बंगलादेशमा फेरि यातायातको प्रमुख माध्यम हो। सुरक्षा मापदण्डको पालनामा कडाइ नहुँदा दुर्घटना हुने गरेका छन्।एजेन्सी

Related News

ग्रिसमा कार्गो जहाज दुर्घटना
ग्रिसमा कार्गो जहाज दुर्घटना
  • ९ पुष २०७८, शुक्रबार

उत्तरी ग्रिसमा एउटा कार्गो जहाज दुर्घटना भएको छ । सर्वियाबाट जोर्डनका लागि उडेको युक्रेनी कम्पनीको जहाज ग्रिसको काभाला नजिकै दुर्घटना...

युक्रेनी संकटको असर : अन्तरराष्ट्रिय बजारमा २ हजार डलरमाथि पुग्यो सुनको भाउ, पालाडियम पनि अहिलेसम्मकै उच्च
युक्रेनी संकटको असर : अन्तरराष्ट्रिय बजारमा २ हजार डलरमाथि पुग्यो सुनको भाउ, पालाडियम पनि अहिलेसम्मकै उच्च
  • ९ पुष २०७८, शुक्रबार

अन्तरराष्ट्रिय बजारमा बहुमूल्य धातु सुनको भाउ २ हजार डलरमाथि उक्लिएको छ । रुस–युक्रेन बीचको तनाव चर्किदै गएपछि लगानीकर्ताहरुमा सेफ हेभन...

रुसको आक्रमणबारे धारणा बनाउन क्वाडका नेताहरुद्वारा छलफल
रुसको आक्रमणबारे धारणा बनाउन क्वाडका नेताहरुद्वारा छलफल
  • ९ पुष २०७८, शुक्रबार

अमेरिका,अष्ट्रेलिया, जापान र भारतका नेताहरू भर्चुअल छलफल गर्दैछन् । क्वाड भनिने क्वाड्रिलेटरल सेक्युरिटी डाईलगमा आवद्ध यी ४ मुलुकका नेताहरूबीच कुरा...

TOP