१० चैत्र २०७९, शुक्रबार
March 24, 2023, Friday

१२ घन्टा पौडिएर ज्यान जोगाएका मादागास्करका मन्त्री

१२ घन्टा पौडिएर ज्यान जोगाएका मादागास्करका मन्त्री

पूर्वी अफ्रिकाको टापु मुलुक मादागास्करका एक जना मन्त्रीले १२ घन्टा समुद्रमा पौडी खेलेर ज्यान जोगाएका छन्।

द गार्डियनका अनुसार हेलिकप्टर दुर्घटनामा परेका मादागास्करका प्रहरी मन्त्री सर्जेइ गेल सोमबार रातभरि समुद्रमा पौडिँदै मंगलबार बिहान तटीय सहरमा आइपुगेका हुन्।

मादागास्करका अधिकारीहरूका अनुसार ५७ वर्षीय गेल र एक जना अर्का प्रहरी अधिकारी छुट्टाछुट्टै रूपमा माहाम्बो सहरमा आइपुगेका हुन्।

सोमबार बिहान मादागास्करको उत्तर-पूर्वी क्षेत्रमा एउटा सानो जहाज समुद्रमा डुबेको थियो। उक्त घटनामा ३९ जनाले ज्यान गुमाएका थिए।

मन्त्री गेललगायत अधिकारीहरू उक्त घटनाको निरीक्षण गर्न गएका थिए। उनीहरू चढेको हेलिकप्टर कसरी दुर्घटनामा पर्‍यो भन्नेबारे खुलाइएको छैन।

गेल तटमा आइपुगेपछि सामाजिक सञ्जालमा उनको एउटा भिडिओ सार्वजनिक भएको छ। निकै थकित देखिएका गेलले आफूलाई चिसो भए पनि घाइते नभएको बताएका छन्।

‘मेरो मर्ने बेला अझै भइसकेको रहेनछ,’उनले भनेका छन्।

गत अगस्टमा मन्त्री बन्नुभन्दा अघि गेलले तीन दशकसम्म प्रहरीमा सेवा गरेका थिए। प्रहरीमा काम गरेकाले स्टामिना धेरै भएकाले उनी १२ घन्टासम्म पौडिन सकेको बताइएको छ।एजेन्सी

Related News

ग्रिसमा कार्गो जहाज दुर्घटना
ग्रिसमा कार्गो जहाज दुर्घटना
  • ७ पुष २०७८, बुधबार

उत्तरी ग्रिसमा एउटा कार्गो जहाज दुर्घटना भएको छ । सर्वियाबाट जोर्डनका लागि उडेको युक्रेनी कम्पनीको जहाज ग्रिसको काभाला नजिकै दुर्घटना...

राष्ट्रपति रनिङ सिल्डमा लुम्बिनी टिम च्याम्पियन
राष्ट्रपति रनिङ सिल्डमा लुम्बिनी टिम च्याम्पियन
  • ७ पुष २०७८, बुधबार

लुम्बिनी प्रदेशले १६ स्वर्ण, ११ रजत र ११ कांस्य जित्दै बिहीबार १२औँ केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उपाधि जितेको...

महिला भलिबलः साविक बिजेता न्यु डायमन्ड पराजित हुँदा एपिएफको लगातार दोस्रो जित
महिला भलिबलः साविक बिजेता न्यु डायमन्ड पराजित हुँदा एपिएफको लगातार दोस्रो जित
  • ७ पुष २०७८, बुधबार

त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्ड हलमा सम्पन्न दिनको पहिलो खेलमा साविक विजेता न्यु डायमन्ड स्पोटर््स क्लब पोखराको...

TOP