एकतिर १०७ वर्षकी हजुरआमा, जसले समयको लामो बाटो तय गरेकी छन् । अर्कोतर छन्, ४७ वर्षका कांग्रेसका युवा अध्यक्ष राहुल गान्धी । दुईबिचको उमेरको फरक ६० वर्ष ।
१०७ वर्षकी यी हजुरआमाले उमेरको शतक पार गरिसकिन्, धेरै देखिन् पनि । तर उनको एक इच्छा बाँकी नै छ, कांग्रेसका नयाँ अध्यक्ष राहुल गान्धीलाई भेट्ने ।
दीपाली सिंकदले ट्वीटरमा आफ्नी हजुरआमाले केक काट्दै गरेको तस्बिर पोस्ट गरेर लेखिन् ‘आज मेरी हजुरआमाको एक सय सातौँ जन्मदिन हो । उहाँको एक मात्रै इच्छा छ, राहुल गान्धीलाई भेट्ने । म जब यसको कारण सोध्छु हजुरआमा भन्नुहुन्छ– उ (राहुल गान्धी) ह्याण्डसम छ ।’
यी हजुरआमाको कुरामा सादय कसैको ध्यान जाने थिएन, यदी राहुल गान्धीले हजुरआमालाई सम्बोधन गरेर ट्वीट नगरेको भए । तर राहुल गान्धीले आफूलाई माया गर्ने १०७ वर्षकी हजुरआमालाई सम्बोधन गरेर ट्वीट गरे ।
राहुल गान्धीले ट्वीट गरेर भने ‘दीपाली, तपाईंकी राम्री हजुरआमालाई जन्मदिन र क्रिशमसको धेरै शुभकामना दिनु । मेरो तर्फबाट हजुरआमालाई अंकामाल पनि गर्नु । माया दिनु, राहुल ।’
राहुलको यो ट्वीटमा दीपालीले लेखेकी छन्, ‘राहुलले दिन बनाईदिए । हजुरआमा हाँस्दैहुनुहुन्छ । राहुल गान्धीले मेरी हजुरआमालाई जन्मदिनको शुभकामना दिए । यो हो साँचो मानवता । शुभकामनाका लागि सबैलाई धन्यवाद ।’
राहुल गान्धीले ट्वीट गरेर १०७ वर्षकी हजुरआमालाई शुभकामना दिएकोमा सामाजिक सञ्जालमा केहीले समर्थन गरेका छन् भने केहीले शंका पनि जनाएका छन् ।
उत्तरी ग्रिसमा एउटा कार्गो जहाज दुर्घटना भएको छ । सर्वियाबाट जोर्डनका लागि उडेको युक्रेनी कम्पनीको जहाज ग्रिसको काभाला नजिकै दुर्घटना...
अन्तरराष्ट्रिय बजारमा बहुमूल्य धातु सुनको भाउ २ हजार डलरमाथि उक्लिएको छ । रुस–युक्रेन बीचको तनाव चर्किदै गएपछि लगानीकर्ताहरुमा सेफ हेभन...
अमेरिका,अष्ट्रेलिया, जापान र भारतका नेताहरू भर्चुअल छलफल गर्दैछन् । क्वाड भनिने क्वाड्रिलेटरल सेक्युरिटी डाईलगमा आवद्ध यी ४ मुलुकका नेताहरूबीच कुरा...