९ चैत्र २०७९, बिहीबार
March 23, 2023, Thursday

सरकारले कोरोना संक्रमण दर बढ्न थालेको भन्दै स्वास्थ्य शतर्कता अपनाउन आग्रह

सरकारले कोरोना संक्रमण दर बढ्न थालेको भन्दै स्वास्थ्य शतर्कता अपनाउन आग्रह

पछिल्लो समय छिमेकी देश भारतमा कोरोना संक्रमणको दर बढ्न थालेकोले पूर्ण रुपमा स्वास्थ्य शतर्कता अपनाउन आग्रह गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले पछिल्लो समय भारतमा कोराना संक्रमण दर बढीरहेकोले नेपालमा पनि कोरोना संक्रमण बढ्न सक्ने भन्दै स्वास्थ्य सावधानी अपनाउन आग्रह गर्नुभयो । उहाँले स्वास्थ्य मन्त्रालयले अस्पताल तथा चिकित्सकहरुलाई कोरोना संक्रमणको दर बढीरहेकोले संक्रमण दर घटाउने तयारी थाल्न निर्देशन दिइसकेको बताउनु भयो । सहप्रवक्ता अधिकारीले पछिल्लो समय कोरोना संक्रमण दर कम भएसँगै आम सर्वसाधारणहरुले स्वास्थ्यका मापदण्ड पालना गर्न छोडेको भन्दै स्वास्थ्यका मापदण्ड पुनः पालना गर्न आवश्यक रहेको बताउनु भयो । सोमवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले कोरोना संक्रमणलाई घटाउन जनस्वास्थ्यका मापदण्डहरु पालना गराउन, खोप लगाउन बाँकी रहेका विषयहरुलाई केन्द्रमा राखेर सरकारले काम शुरु गरिसकेको पनि बताउनु भयो । सहप्रवक्ता अधिकारीले कोरोना नियन्त्रणका लागि प्रमुख जिम्मेवारी आम सर्वसाधारणको हुने भएकोले सबैले स्वास्थ्यका प्रोटोकल पालना गर्नुपर्नेमा जोड दिनुभयो ।

सहप्रवक्ता अधिकारीले भन्नुभयो, ‘हामी विश्वव्यापी रुपमा कोभिड १९ को संक्रमण वा कुनै नयाँ किसिमको संक्रमण आउँदा थाहा पाउने, त्यसको विश्लेषण गर्ने अन्तर्राष्ट्रिय प्लेटफर्ममा सधैँ जोडिरहेका हुन्छौँ । अन्तर्राष्ट्रिय स्वास्थ्य विधि नियमावली अनुसार फोकल पर्सनको हिसावले, फोकल इस्यूको हिसावले पनि हाम्रो सबै कुराहरुको जानकारी भइरहेको हुन्छ । अहिले पछिल्लो समय छिमेकी मुलुकमा संक्रमण दर बढीरहेको छ । विश्वव्यापी रपमा संक्रमण घटेको भएपनि हामी बसको क्षेत्रमा संक्रमण धेरै बढ्दै गइरहेको छ । त्यसमाथि पनि विशेष त भारतमा बढीरहेको छ । हाम्रा लागि यो हाम्रोमा एकदमै चाँडै त्यही अवस्थामा आउँछ । हामीले पहिलो लहरमा पनि त्यो भोगेका र देखेका छौँ । पहिलो लहरमा भारतमा संक्रमण्को उच्च बिन्दुमा पुगेको एक महिनाभित्र नेपालमा पनि संक्रमण बढेको अवस्थाहामीले भोगेका छौँ । दोस्रोमा दुई हप्ता र तेस्रोमा त्यो भन्दा पनि कम समयमा भोगेका थियौँ ।

अहिले भारतमा संक्रमण बढ्दैछ भनेपछि हामीकहाँ संवेदनशीलता बढाउनुपर्ने हुन्छ । अझ विशेष त पछिल्लो समय हामी आम सर्वसाधारणको व्यवहार, बुझाइ हे¥यौं भने कोभिड १९ संक्रमण सकियो कि भन्ने जस्तो देखिँदै गएको छ । साथै जनसंख्याको मापदण्डहरुको उल्लंघन बढी नै भएको देखिन्छ । भेटघाट अलि बढी भएको, मास्कको प्रयोगमा अलि बढी ख्याल नगरेको,भौतिक दूरीमा ख्याल नगरिएको हो कि भन्नेजस्तो देखिरहँदा अर्कोतिर हाम्रै नजिकमा छिमेकमा संक्रमण एकदमै बढ्दै जाँदा हामी अझ बढी जोखिममा छौँ । हाम्रो निगरानी प्रणालीहरु हाम्रो जनस्वास्थ्यका मापदण्डहरु, खोप लगाउन बाँकी रहेका विषयहरुलाई केन्द्रमा राखेर यसलाई सुदृढ तरिकाले अगाडि लैजानुपर्छ भन्ने गरी नेपाल सरकारका सबै अवयवहरु लागेका छन् । त्यसका लागि स्वास्थ्य मन्त्रालयले प्राविधिक विश्लेषण गर्ने र सबैसँग वकालत गर्ने बुझाउने सबै भुमिकाहरु बढाउनका लागि कामहरु अघि बढाइसकेको छ, हामीले संक्रमणको पहिलाका सबै अवयवहरु हेर्ने हो भने आम सर्वसाधारणको भुमिका नै सबेभन्दा बढी महत्वपूर्ण हुन्छ । तपाई माहीले लगाउने मास्क, गर्ने व्यवहार, कायम गर्ने भौतिक दूरी र तपाई हामीसँग जोडिएका मान्छेहरु संक्रमण बढी भएको ठाउँबाट फर्केर आउँदा समस्या हुनसक्छ । अहिले विविध कारणले यो अवस्था देखिएको छ । चुनाव लगायतका कारणले विदेशमा भएका आफन्तहरु फर्किंदै हुनुहुन्छ । यस्तो बेलामा जनस्वास्थ्यका मापदण्डहरुको पालना गर्न लगाउने र क्वारेन्टिनमा बस्न लगाउने कुरामा बढी ख्याल गर्नुपर्छ । यति गरेमा हामीले सम्भावित जोखिमलाई टार्न र केही समय पर धकेल्न सक्छौँ ।

Related News

शिक्षामा उत्कृष्ट परियोजनाको अनुसन्धान र विकासमा आइपिडिएफले पहल गर्ने
शिक्षामा उत्कृष्ट परियोजनाको अनुसन्धान र विकासमा आइपिडिएफले पहल गर्ने
  • १९ बैशाख २०७९, सोमबार

इन्टरनेसनल प्रोजेक्ट डेभेलपमेन्ट फोरम, आइपिडिएको प्रथम बार्षिक उत्सव तथा विशिष्ट ब्यक्तित्व सम्मान कार्यक्रमको अवसरमा स्वागत मन्तब्य दिनुहुदै संस्थाका उपाध्यक्ष भवानी...

नेपालीले बजाउँछन् एक वर्षमा २६ करोडको बाद्ययन्त्र
नेपालीले बजाउँछन् एक वर्षमा २६ करोडको बाद्ययन्त्र
  • १९ बैशाख २०७९, सोमबार

नेपालले एक वर्षमा करिव २६ करोड रुपैयाँका विभिन्न बाद्ययन्त्रहरु आयात गर्ने गरेको पाइएको छ । नेपालले गत आर्थिक वर्ष २०७८/७९...

खडेरीले खेती सुकेपछि किसान चिन्तित
खडेरीले खेती सुकेपछि किसान चिन्तित
  • १९ बैशाख २०७९, सोमबार

पछिल्लो करिब एक महिना देखी परेको खडेरीले धान रोपेका खेत चिराचिरा परेर फुट्न थाले पछि पश्चिम नवलपरासीका किसानहरु चिन्तित बनेका...

TOP