१७ जेष्ठ २०८०, बुधबार
May 31, 2023, Wednesday

२४ घण्टामा ११ सय ८४ सङ्क्रमित, पाँच हजार १०३ निको, ११ को मृत्यु

२४ घण्टामा ११ सय ८४ सङ्क्रमित, पाँच हजार १०३ निको, ११ को मृत्यु

पछिल्लो २४ घण्टामा ११ सय ८४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आठ हजार ५८७ जनाको पीसीआर परीक्षण गर्दा ११ सय ८४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

सोही अवधिमा चार हजार १०५ जनाको एन्टीजेन परीक्षण गर्दा ७७३ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार कुल ११ हजार ६९२ जनामा परीक्षण गर्दा पीसीआर र एन्टीजेन गरेर १९ सय ५७ जनामा सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा पाँच हजार १०३ जना सङ्क्रमण मुक्त भएका छन् । सङ्क्रमण मुक्त हुने दर ९५.० प्रतिशत रहेको मन्त्रालय जनाएको छ ।

मन्त्रालयका अनुसार २४ घण्टामा ११ जनाको मृत्यु भएको छ । योसँगै मुलुकमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ८३८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा मुलुकमा दुई लाख ७३ हजार ३४९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । त्यस्तै, नेपालमा हाल ३६ हजार १८१ जना सक्रिय सङ्क्रमित छन् ।

Related News

सरकारले कोरोना संक्रमण दर बढ्न थालेको भन्दै स्वास्थ्य शतर्कता अपनाउन आग्रह
सरकारले कोरोना संक्रमण दर बढ्न थालेको भन्दै स्वास्थ्य शतर्कता अपनाउन आग्रह
  • २५ माघ २०७८, मंगलवार

पछिल्लो समय छिमेकी देश भारतमा कोरोना संक्रमणको दर बढ्न थालेकोले पूर्ण रुपमा स्वास्थ्य शतर्कता अपनाउन आग्रह गरेको हो । स्वास्थ्य...

कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि सरकारको भूमिका प्रशंसनीयः अध्यक्ष तिमिल्सिना
कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि सरकारको भूमिका प्रशंसनीयः अध्यक्ष तिमिल्सिना
  • २५ माघ २०७८, मंगलवार

राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले चरणबद्ध रुपमा फैलिँदै गएको कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारले गरेका कार्यहरु महत्वपूर्ण र प्रशंसनीय...

आठ लाख ६२ हजार एस्ट्राजेनिका खोप आइपुग्यो
आठ लाख ६२ हजार एस्ट्राजेनिका खोप आइपुग्यो
  • २५ माघ २०७८, मंगलवार

सोमबार नेपालमा थप आठ लाख ६२ हजार ८० डोज एस्ट्राजेनिका खोप आइपुगेको छ । बेलायत सरकारकाे सहयोगमा कोभ्याक्सअन्तर्गत २१ लाख...

TOP