देशभर ९९ जना कोरोना संक्रमित उपचाररतमध्ये ५० प्रतिशतभन्दा बढी काठमाडौं उपत्यकामा उपचाररत रहेको पाइएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार ३४ जना आईसीयू र १६ जनाले भेन्टिलेटरमा उपत्यकाका विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् ।
हाल नेपालमा ४ हजार ९ सय ६ जना संक्रिय संक्रमितमध्ये ९९ जना कोरोना संक्रमित विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार गराइरहेका छन् । आइतबारसम्मको तथ्यांकअनुसार देशभर ७४ संक्रमित आईसीयूमा र २४ भेन्टिलेटरमा उपचाररत रहेको देखिएको छ ।
उपचाररतमध्ये ५० प्रतिशत काठमाडौंमा
स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार प्रदेश १ मा १५ जना आईसीयूमा र ६ जना भेन्टिलेटरमा उपचाररत छन् । प्रदेश २ मा २ जना आईसीयूमा उपचाररत छन् भने बाग्मती प्रदेशमा ४७ जना आईसीयूमा र १६ जना भेन्टिलेटरमा उपचारत छन् ।
गण्डकी प्रदेशमा दुई जना आईसीयूमा उपचाररत छन् । त्यस्तै, लुम्बिनी प्रदेशमा ६ जना आईसीयूमा र एक जना भेन्टिलेटरमा उपचाररत छन् । कर्णाली प्रदेशमा एक जना आईसीयूमा उपचाररत छन् भने सुदूरपश्चिममा दुई जना आईसीयूमा र एक जना भेन्टिलेटरमा उपचाररत छन् । हालसम्म मृतकको कुल संख्या ११ हजार ५ सय ८५ पुगेको छ ।
नेपालमा दैनिक नयाँ संक्रमित थपिँदै
स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार ४ पुसदेखि ११ पुस आइतबारसम्म १ हजार ६ सय ७४ जना कोरोना संक्रमित थपिएका छन् । दुई हप्ताअघि यसै अनुपातमा साप्ताहिक संक्रमण दर १ हजार ६ सय २३ रहेको थियो ।
संक्रमणदर बढे पनि मृत्युदर भने केही घटेको देखिएको छ । दुई हप्ताअघि कोरोनाबाट मृत्यु हुने संख्या १९ रहेकोमा यसै हप्ता सो दर ११ मा झरेको छ । मन्त्रालयको तथ्यांक हेर्दा देशभरको संक्रमण दरको अनुपात विश्लेषण गर्दा पछिल्लो केही समय यता काठमाडौं उपत्यकामा मात्रै दैनिक ६० दशमलव ६ प्रतिशतले कोरोना संक्रमण बढिरहेको पाइएको छ । हाल काठमाडौंमा मात्रै ७ सय ४५ सक्रिय संक्रमित छन् । ललितपुरमा ६ सय १६ जना र भक्तपुरमा ४ सय ९९ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
४ पुसदेखि ११ पुससम्मको विश्लेषण गर्दा २ दशमलव शून्य २ प्रतिशतदेखि ८ प्रतिशतसम्मले बढेको देखिएको छ । सबैभन्दा बढी गत हप्ताको सोमबार कोरोना संक्रमित ८ प्रतिशतले बढेको थियो भने सबैभन्दा कम गत मंगलबार २ दशमलव शून्य २ प्रतिशतले बढेको थियो । गत साताको मंगलबारपछि भने कोरोना संक्रमण बढिरहेको तथ्यांकले देखाएको छ ।यो समाचार राजधानी दैनिकबाट लिएको हो।
इन्टरनेसनल प्रोजेक्ट डेभेलपमेन्ट फोरम, आइपिडिएको प्रथम बार्षिक उत्सव तथा विशिष्ट ब्यक्तित्व सम्मान कार्यक्रमको अवसरमा स्वागत मन्तब्य दिनुहुदै संस्थाका उपाध्यक्ष भवानी...
नेपालले एक वर्षमा करिव २६ करोड रुपैयाँका विभिन्न बाद्ययन्त्रहरु आयात गर्ने गरेको पाइएको छ । नेपालले गत आर्थिक वर्ष २०७८/७९...
पछिल्लो करिब एक महिना देखी परेको खडेरीले धान रोपेका खेत चिराचिरा परेर फुट्न थाले पछि पश्चिम नवलपरासीका किसानहरु चिन्तित बनेका...