१७ जेष्ठ २०८०, बुधबार
May 31, 2023, Wednesday

सावधान ! यस्ता लक्षण देखा परे अल्सर हुन सक्छ…

सावधान ! यस्ता लक्षण देखा परे अल्सर हुन सक्छ…

ग्यास्ट्रिक, जसलाई हामी राष्ट्रिय रोग पनि भन्ने गछौं। अर्थात्, अधिकांश नेपालीको साझा रोग हो यो । ग्यास्ट्रिकलाई हामी उस्तो ख्याल गर्दैनौं । हाम्रो खानपान शैली र खानाको प्रकृति ग्यास्ट्रिकका कारण हुन्छन् ।
जब ग्यास्ट्रिकको निदान खोजिँदैन, त्यसले अर्को रोग निम्त्याउँछ । त्यो रोग हो, अल्सर । पेट वा सानो आन्द्रामा हुने संक्रमण, घाउ वा प्वाललाई पेटको अल्सर पनि भन्ने गरिन्छ । चिकित्सकीय भाषामा यसलाई पेप्टिक अल्सर वा ग्यास्ट्रिक अल्सर भन्ने गरिन्छ ।
अल्सर प्रायः हेलिकोब्याक्टर पाइलोरी नामक संक्रमणका कारण हुने गर्छ । पेटमा अल्सर भएमा पेट वा आन्द्राको सुरक्षात्मक परक टुट्न थाल्छ । अल्सर बढी भएमा आन्द्रा च्यातिने सम्भावना पनि बढी रहन्छ ।

साधारणतया आहार, तनाव र पेटमा अम्लियपना धेरै भएमा पेटको अल्सर हुने गर्छ ।
लामो समय एन्टिबायोटिक प्रयोग, पेनकिलर र स्टेराइडको औषधिको सेवनबाहेक मद्यपानका कारण पनि पेप्टिक अल्सर हुने गर्छ । अल्सर भएमा कसैलाई यसको लक्षण छिट्टै देखा पर्छ भने कसैलाई अल्सर भइसक्दा पनि थाहा हुँदैन ।
कसरी थाहा पाउने
अल्सर भएमा शरीरमा विभिन्न लक्षण देखा पर्छन् । अल्सर गम्भीर भइसक्दा पनि समयमै यसको उपचार नभए आन्तरिक रक्तश्रावलगायत समस्या देखिन थाल्छ ।
त्यस्तो संकेत देखिए अल्सर भएको हुनसक्छ ।
पेटमा जलन
खाना खाने १र२ घण्टापछि या राति पेटको माथिल्लो भाग वा बीचमा जलन महशुस हुन्छ भने त्यो अल्सरको संकेत हुन सक्छ ।
वान्ता हुने
बारम्बार वान्ता हुनु वा वाकवाकी लाग्नु पेटको अल्सरको संकेत हुनसक्छ ।
पेट फुल्नु
अक्सर पेट फुल्ने समस्या अल्सरको निशानी हुने गर्छ ।
छातीमा जलन
पेटमा जम्मा हुने एसिड अन्ननलीमा आएर बसिदिन्छ, जसका कारण छातीमा तीव्र जलन महशुस हुन्छ । यो पनि अल्सरको संकेत हुनसक्छ ।
पेट घोच्नु
खाना खाएको १र२ घण्टापछि या राति पेट घोचेको महशुस भएमा पनि अल्सरको संकेत हुनसक्छ ।
दिसाको रङ
लामो समय गाढा वा कालो रङको दिसा भइरहेमा त्यसलाई नजरअन्दाज नगरौं । यो अल्सरका कारण हुने रक्तश्रावको परिणाम हुनसक्छ ।
रगत वान्ता
वान्तामा हल्का रगत आउनु अल्सरको संकेत हुनसक्छ ।
तौल घट्नु
अचानक तौल घटेमा वा खाना खाँदाखाँदै पनि तौल घट्दै गएका अल्सरको संकेत हुनसक्छ ।
पेट दुख्नु
अक्सर पेट दुखिरहनु वा केही खाएलगत्तै बेस्सरी दुख्नु अल्सरको संकेत हुनसक्छ ।
छिटो भोक लाग्नु
बिनाकारण बारम्बार भोक लाग्नु पनि अल्सरको संकेत हुनसक्छ ।

Related News

सरकारले कोरोना संक्रमण दर बढ्न थालेको भन्दै स्वास्थ्य शतर्कता अपनाउन आग्रह
सरकारले कोरोना संक्रमण दर बढ्न थालेको भन्दै स्वास्थ्य शतर्कता अपनाउन आग्रह
  • १७ मंसिर २०७४, आईतवार

पछिल्लो समय छिमेकी देश भारतमा कोरोना संक्रमणको दर बढ्न थालेकोले पूर्ण रुपमा स्वास्थ्य शतर्कता अपनाउन आग्रह गरेको हो । स्वास्थ्य...

कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि सरकारको भूमिका प्रशंसनीयः अध्यक्ष तिमिल्सिना
कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि सरकारको भूमिका प्रशंसनीयः अध्यक्ष तिमिल्सिना
  • १७ मंसिर २०७४, आईतवार

राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले चरणबद्ध रुपमा फैलिँदै गएको कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारले गरेका कार्यहरु महत्वपूर्ण र प्रशंसनीय...

२४ घण्टामा ११ सय ८४ सङ्क्रमित, पाँच हजार १०३ निको, ११ को मृत्यु
२४ घण्टामा ११ सय ८४ सङ्क्रमित, पाँच हजार १०३ निको, ११ को मृत्यु
  • १७ मंसिर २०७४, आईतवार

पछिल्लो २४ घण्टामा ११ सय ८४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आठ हजार...

TOP