१५ आश्विन २०७९, शनिबार
October 1, 2022, Saturday

जसले ९१ पटक रक्तदान गरे

जसले ९१ पटक रक्तदान गरे

विराटनगरका औषधि व्यवसायी हरिमोहन श्रेष्ठले ९१औँ पटक रक्त्तदान गरेका छन्। विराटनगर ट्राफिकचोकमा संगीता मेडिकल हल नामको औषधि पसल सञ्चालन गर्दै आएका हरिमोहनले शनिबार ९१औँपटक रक्त्तदान गरेका हुन्।

विराटनगर कञ्चनबारीस्थित नोबेल शिक्षण अस्पतालमा उपचार गराउन आएकी झापा बैगुनधुराकी ७९ वर्षीय एक महिलाका लागि ५३ वर्षिय हरिमोहनले १० मंसिरमा रगत दिएसँगै उनको रक्तदानको रेकर्ड ९१ पटक भएको हो। हरिमोहनले १७ वर्षको उमेरदेखि रक्तदान गर्न थालेको बताए। हरिमोहनले ७ भदौमा गाईजात्राको दिन मोटरसाइकल दुर्घटनामा घाइते भएका मोरङ उर्लाबारीका एक युवाका लागि ९०औँपटक रक्तदान गरेका थिए।

तीन–तीन महिनामा सिकिस्त बिरामीलाई रगत दिँदै आएको रक्तदाता हरिमोहन बताउँछन्। उनले एक सयपटक रक्तदान गर्ने अठोट लिएका छन्। विराटनगरमा डा. केएन ठाकुरले मात्र एक सयपटक भन्दा बढी रक्तदान गरेको रेकर्ड छ। रक्तदाता घनश्याम राठीले ६२ पटक रक्तदान गरेका छन्। नेपालमा काठमाडौंका प्रेमसागर कर्मचार्यले एक सय ६७ पटक रक्तदान गरिसकेका छन्। हालसम्म अर्जुन मैनालीले दुईपटक रक्तदान गरिसकेका छन्।Source

Related News

काठमाण्डौ क्षेत्र नं ३ वाट शुशिला पौडेल र महेश्वर फुयल सिफारिस
काठमाण्डौ क्षेत्र नं ३ वाट शुशिला पौडेल र महेश्वर फुयल सिफारिस
  • १२ मंसिर २०७८, आईतवार

नेकपा माओवादी केन्द्रले काठमाण्डौ जिल्ला समन्वय समितिले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि काठमाण्डौ क्षेत्र नं...

बागमती र गण्डकीका केही स्थानमा बिहानैदेखि वर्षा
बागमती र गण्डकीका केही स्थानमा बिहानैदेखि वर्षा
  • १२ मंसिर २०७८, आईतवार

हाल बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार...

पेट्रोलियम पदार्थको मूल्यसूचि घटेर आयो
पेट्रोलियम पदार्थको मूल्यसूचि घटेर आयो
  • १२ मंसिर २०७८, आईतवार

 भारतबाट लगातार तेस्रो पटक पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । नेपाल आयल निगमका अनुसार मंगलबार प्राप्त मूल्य सूचीमा पेट्रोल...

TOP