३ जेष्ठ २०७९, मंगलवार
May 17, 2022, Tuesday

अस्ताए वरिष्ठ न्युरो सर्जन डा. देवकोटा

अस्ताए वरिष्ठ न्युरो सर्जन डा. देवकोटा

दिवंगत वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि न्यूरो अस्पताल, बाँसबारीमा राखिएको छ ।

नेता, सहकर्मी मात्र होइन, सार्वसाधारण पनि डा. देवकोटालाई श्रद्धान्जली दिन पुगेका छन् । अस्पताल प्रांगणमा देवकोटाको शव राखिएको छ ।

उनको शीरमा नेपाली ढाका टोपी छ । परिवारका सदस्यहरुका अनुसार डा. देवकोटाको इच्छाअनुसार नै निधनपछि दौरा सुरुवाल, ढाका टोपी र कोट लगाइएको हो ।

देवटालाई श्रद्धाञ्जली दिन उपराष्ट्रपति नन्दबहादुर पुन पासाङ, नयाँ शक्तिका अध्यक्ष डा. बाबुराम भट्टराई पनि अस्पताल पुगेका छन् ।

Source: Onlinekhabar

Related News

बालेन साह केशव स्थापित भन्दा २९४२ मतले अगाडी
बालेन साह केशव स्थापित भन्दा २९४२ मतले अगाडी
  • ५ असार २०७५, मंगलवार

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले मतान्तर बढाउँदै अग्रता कायम राखेका छन् । निर्वाचन आयोगले सोमबार दिउँसो साढे १...

नेपालीमा भाषण गर्दै मोदीले भने- बुद्धकाे जन्मभूमि नेपाल आउँदा छुट्टै आनन्द आउँछ
नेपालीमा भाषण गर्दै मोदीले भने- बुद्धकाे जन्मभूमि नेपाल आउँदा छुट्टै आनन्द आउँछ
  • ५ असार २०७५, मंगलवार

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई नेपाल आउँदा छुट्टै आनन्द आउने बताएका छन् । लुम्बिनीमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री मोदीले नेपाल...

मतदाता फकाउन कांग्रेस उम्मेदवारले बाँड्न लागेकाे खानेपानी पाईप स्थानीयले रोके
मतदाता फकाउन कांग्रेस उम्मेदवारले बाँड्न लागेकाे खानेपानी पाईप स्थानीयले रोके
  • ५ असार २०७५, मंगलवार

 स्थानीय तह सदस्य निर्वाचन २०७९ को मैन अवधीमा मकवानपुरको बकैयामा मतदाता ‘फकाउन’ आचारसंहिता विपरित बाड्न लैजाँदै गरको खानेपानीको पाईप स्थानीयले...

TOP