१६ आश्विन २०७९, आईतवार
October 2, 2022, Sunday

सुर्खेत पूर्ण खोप सुनिश्चित जिल्ला

सुर्खेत पूर्ण खोप सुनिश्चित जिल्ला

कर्णाली प्रदेशको राजधानी सुर्खेतलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ ।

आइतबार सुर्खेतको वीरेन्द्रनगरमा एक कार्यक्रमकाबीच जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो । जिल्लाका १५ महिनामुनिका बालबालिकाले सबै खोप लगाइसकेकाले जिल्ला जनस्वास्थ्य कार्यालयको आयोजनामा पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो ।

जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा गर्दै कर्णाली सरकारका सामाजिक विकासमन्त्री दलबहादुर रावलले स्वास्थ्य क्षेत्रको विकासका निम्ति आफू अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो । “राजनीतिक विकास सकियो, अब स्वास्थ्य क्षेत्रको विकास गर्न सहकार्यका साथ अघि बढ्छौँ”–उहाँले भन्नुभयो, “यसको लागि प्रदेश सरकारको नीति तथा कार्यक्रममा पनि समावेश गर्नेछौँ ।”

बाल स्वास्थ्य महाशाखाका निर्देशक विकास लामिछानेले पूर्ण खोप घोषणापछि यसको दिगोपनाका लागि सबै मिलेर अघि बढ्न जरुरी रहेको बताउनुभयो ।

जिल्ला खोप समन्वय समितिका सदस्यसचिव धिरजंग शाहले १५ महिनामुनिका बालबालिका ११ प्रकारका खोपबाट कोही पनि वञ्चित नरहेकाले जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको बताउनुभयो ।

विसं २०७० चैत २६ गते साविकको लेखगाउँ गाविसलाई पूर्ण खोप गाविस घोषणा गरी शुरुआत गरिएको उक्त अभियान २०७४ साल फागुन २६ मा छाप्रेमा आएर सम्पन्न भएको खोप प्रमुख जितलाल ढकालले जानकारी दिनुभयो ।

Related News

सरकारले कोरोना संक्रमण दर बढ्न थालेको भन्दै स्वास्थ्य शतर्कता अपनाउन आग्रह
सरकारले कोरोना संक्रमण दर बढ्न थालेको भन्दै स्वास्थ्य शतर्कता अपनाउन आग्रह
  • ३१ बैशाख २०७५, सोमबार

पछिल्लो समय छिमेकी देश भारतमा कोरोना संक्रमणको दर बढ्न थालेकोले पूर्ण रुपमा स्वास्थ्य शतर्कता अपनाउन आग्रह गरेको हो । स्वास्थ्य...

कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि सरकारको भूमिका प्रशंसनीयः अध्यक्ष तिमिल्सिना
कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि सरकारको भूमिका प्रशंसनीयः अध्यक्ष तिमिल्सिना
  • ३१ बैशाख २०७५, सोमबार

राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले चरणबद्ध रुपमा फैलिँदै गएको कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारले गरेका कार्यहरु महत्वपूर्ण र प्रशंसनीय...

२४ घण्टामा ११ सय ८४ सङ्क्रमित, पाँच हजार १०३ निको, ११ को मृत्यु
२४ घण्टामा ११ सय ८४ सङ्क्रमित, पाँच हजार १०३ निको, ११ को मृत्यु
  • ३१ बैशाख २०७५, सोमबार

पछिल्लो २४ घण्टामा ११ सय ८४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आठ हजार...

TOP