१५ आश्विन २०७९, शनिबार
October 1, 2022, Saturday

केरा किन खाने ?

केरा किन खाने ?

केरा स्वादिष्ट फल मात्र होइन यसले औषधिको रुपमा पनि काम गर्छ । यसकाे नियमित सेवनबाट स्वास्थ्यसम्बन्धी कतिपय राेगबाट बच्न सकिन्छ ।मुटुसम्बन्धी समस्यादेखि मासिक धर्मको अनियमिता , छाती पोल्ने, कब्जियत र शरीरका अन्य स्वास्थ्यसम्बन्धित समस्या समाधानका लागि केरा निकै उपयोगि मानिन्छ । केरा सेवनबाट तत्कालै उर्जा मिल्छ । त्यही भएर जोकोहीले पनि कमजोरी महशुस गर्ने वित्तिकै केरा खान सल्लाह दिन्छन् । खानासँगै वा खाजाको रुपमा केरा सेवन गर्न सकिन्छ । केरामा पोटासियमको मात्रा धेरै हुने हुँदा यसले रक्तचाप घटाउनका साथै शरीरमा तरल पदार्थको सन्तुलन नियन्त्रण गर्न सकिन्छ । केराले हड्डी बलियो मात्र बनाउँदैन डिप्रेसनबाट मुक्त गर्छ ।

मासिक धर्म अगाडि पेट दुख्ने, टाउको दुख्ने र निराश हुने समस्याबाट पीडित हुनेहरुले औषधिभन्दा केरा सेवन गर्दा फाइदा हुन्छ । केरामा हुने भिटामिन बी ले रगतमा ग्लुकोजको मात्रालाई नियन्त्रण गर्छ । नियमित केरा सेवनबाट दिमाग सधैं तेजिलो राख्न सकिन्छ । कब्जियत भएकाहरुले नियमित केरा खाँदा यो रागबाट छुटकरा पाउन सक्छ । काम गर्न मन लाग्दैन वा दिक्क लागिरहन्छ भने केरा सेवन गर्नुपर्छ । यसले मुड फ्रेस बनाउँछ र कामप्रति जाँगर बढेर आउँछ । यतिमात्र नभएर मादक पदार्थ सेवन पछि ह्यांओभर हटाउन केरा सेवन गर्दा निकै फाइदा हुन्‍छ ।

केरासँग मह मिसाएर खान पनि सकिन्छ । कहिलेकाही पेट दुखेमा केरा महसँग केरा खाएमा यसले पेटलाई आराम दिन्छ । छाती मुटु पोल्ने समस्या छ भने तत्कालै केरा खादा राहत मिल्छ । बिहानपख वाक वाकी लाग्छ वा मुखबाट पानी निस्कन्छ भने केरा खाँदा यो समस्याबाट टाढा रहन सकिन्छ । गर्भवतीको समयमा हुने वाकवाकी, वान्ता, चक्करजस्ता समस्याबाट बच्न केरा सेवन गर्नु राम्रो हुन्छ । लामखुट्टेको टोकाइबाट बच्न केराको बोक्राभित्रको गुटी शरीरमा दल्दा लामखुट्टेले टोक्दैन । त्यस्तै सुन्निएको ठाउँमा केरा दल्दा पनि निको हुन्छ । नियमित केरा सेवनबाट अल्सरबाट बच्न सकिन्छ ।

अनुहारको छालामा केराको प्याक बनाएर लगाउन सकिन्छ । केराको गुदीमा मह, गुलाव जल र केही थोपा कागती मिसाएर बनाएको मिश्रण अनुहारको छालामा लगाउँदा छाला गोरो हुनुका साथै चम्किलो र सफा देखिन्छ ।

एजेन्सी

Related News

सरकारले कोरोना संक्रमण दर बढ्न थालेको भन्दै स्वास्थ्य शतर्कता अपनाउन आग्रह
सरकारले कोरोना संक्रमण दर बढ्न थालेको भन्दै स्वास्थ्य शतर्कता अपनाउन आग्रह
  • ९ पुष २०७४, आईतवार

पछिल्लो समय छिमेकी देश भारतमा कोरोना संक्रमणको दर बढ्न थालेकोले पूर्ण रुपमा स्वास्थ्य शतर्कता अपनाउन आग्रह गरेको हो । स्वास्थ्य...

कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि सरकारको भूमिका प्रशंसनीयः अध्यक्ष तिमिल्सिना
कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि सरकारको भूमिका प्रशंसनीयः अध्यक्ष तिमिल्सिना
  • ९ पुष २०७४, आईतवार

राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले चरणबद्ध रुपमा फैलिँदै गएको कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारले गरेका कार्यहरु महत्वपूर्ण र प्रशंसनीय...

२४ घण्टामा ११ सय ८४ सङ्क्रमित, पाँच हजार १०३ निको, ११ को मृत्यु
२४ घण्टामा ११ सय ८४ सङ्क्रमित, पाँच हजार १०३ निको, ११ को मृत्यु
  • ९ पुष २०७४, आईतवार

पछिल्लो २४ घण्टामा ११ सय ८४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आठ हजार...

TOP