टर्कीका एक २४ वर्षिया महिला विश्वकी सबैभन्दा अग्ली महिलाको उपाधि जित्न सफल भएकीछन् । हालै गिनिज वलर्ड रेकर्ड्सले सात फिट शुन्य दशमलव सात इन्च अग्ली रुमेस्या गेल्गी नामक ति महिलालाई या उपाधि प्रदान गरेको हो ।
उनी अहिले सम्मकै विशवको सबैभन्दा अग्ली जिवित महिला भएको बताइएको छ । यस अघि यो उपाधि चीनकी ७ फिट ७ इन्च अगली याओ देफेन नामक महिलाले यो उपाधी कायम राखेकी थिइन् ।उनको चालिस वर्षको उमेरमा सन् २०१२ मा निधन भएको थियो । गेल्गीले यसअघि पनि आफ्नो शारिरीक उचाईकै कारण किर्तिमान कायम गरिसकेकी छन् ।
सन् २०१४ मा गिनिज वल्र्ड रेकर्डस्ले उनलाई संसारकै सबैभन्दा अग्ली किशोरीको उपाधी प्रदान गरेको थियो । विभर सिन्ड्रोम नामक अनौठो किसिमको शारिरीक समस्याका ेकारण उनको उचाइ अप्रत्यासित रुपमा बढेको बताइएको छ ।Source
चिनियाँ विदेश मन्त्रालयले शुक्रबार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनलाई अमेरिकी अधिकारीले बेइजिङको प्रभावलाई सन्तुलनमा राख्न कारबाही गर्न आह्वान गरेको भाषण सार्वजनिक...
सरकारले विभिन्न मुलुकमा घरेलु कामदारका रूपमा रहेका नेपाली महिला श्रमिकलाई स्वदेश आएर पुनः फर्कन पाउने व्यवस्था गरेको छ । श्रम,...
प्रत्येक वर्ष पौष शुक्ल पूणिर्मादेखि माघ शुक्ल पूर्णिमासम्म घरघरमा श्रीस्वस्थानी व्रत मनाइन्छ । स्वस्थानी परमेश्वरीको व्रत बसी कथा भन्ने र...