१० चैत्र २०७९, शुक्रबार
March 24, 2023, Friday

मंगल ग्रहको तस्बिरमा रहस्यमय प्वाल

मंगल ग्रहको तस्बिरमा रहस्यमय प्वाल

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले सन् २०११ मा मंगल ग्रहको एउटा तस्बिर लिएको थियो। उक्त तस्बिर नासाले यही मार्च १ मा प्रदर्शन गरेको छ। मंगल ग्रह कैद गरिएको उक्त तस्बिरमा एउटा रहस्यमय प्वाल देखिएको छ।

विभिन्न सञ्चार माध्यमहरूले जनाएअनुसार वैज्ञानिकहरूले मंगल ग्रहका ती ठाउँ बस्नका लागि उपयुक्त हुन सक्ने बताएका छन्। ३५ मिटर व्यास भएको प्वालको नजिकै थुप्रै गुफाहरू पनि रहेका छन्। वैज्ञानिकहरूले अहिले यही तस्बिरको बारेमा अध्ययन अनुसन्धान गरिरहेका छन्।

अध्ययनका लागि नासाले ‘आर्बिटर’ नामको एउटा रोबोट पठाएको छ। रोबोटले मंगल ग्रहको तस्बिर खिच्दै पठाइरहेको छ। यो तस्बिर पनि ‘आर्बिटर’ ले खिचेर पठाएको हो। तस्बिरमा देखिएको प्वालको विषयमा नासाले छलफल गरेपछि गुफा लगभग २० मिटर गहिरो रहेको पनि पत्ता लागेको छ।

नासाको ब्लगमा उल्लेख भएअनुसार मंगल ग्रहमा देखिएको प्वालको वरिपरि थुप्रै सुरक्षित खालका गुफाहरू पत्ता लागेका छन्। जसका लम्बाइ ३५ मिटर र गहिराइ २० मिटरसम्म हुन सक्ने अनुमान छ।Source

Related News

स्वस्थानी व्रतकथा : मातृशक्तिको महिमा र नेपालीपन बोकेको पर्व
स्वस्थानी व्रतकथा : मातृशक्तिको महिमा र नेपालीपन बोकेको पर्व
  • १ मंसिर २०७८, बुधबार

प्रत्येक वर्ष पौष शुक्ल पूणिर्मादेखि माघ शुक्ल पूर्णिमासम्म घरघरमा श्रीस्वस्थानी व्रत मनाइन्छ । स्वस्थानी परमेश्वरीको व्रत बसी कथा भन्ने र...

एसईई वैशाख ९ गतेदेखि
एसईई वैशाख ९ गतेदेखि
  • १ मंसिर २०७८, बुधबार

यस वर्षको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) आगामी वैशाख ९ गतेदेखि सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले...

माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय
माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय
  • १ मंसिर २०७८, बुधबार

शिक्षा मन्त्रालयले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सोमबार मन्त्रालयमा बसेको सचिवस्तरीय बैठकले कोभिड–१९ संकट व्यवस्थापन...

TOP