१७ जेष्ठ २०८०, बुधबार
May 31, 2023, Wednesday

किड्स गार्डेन मन्टेश्वरीको बृहद् शैक्षिक प्रदर्शनी तथा निशुल्क दन्त शिविर

किड्स  गार्डेन मन्टेश्वरीको बृहद् शैक्षिक प्रदर्शनी तथा निशुल्क दन्त शिविर


युटीभी सम्वाददाता, पौष १९, कोटेश्वर, पेरिसडाँडा, काठमाण्डौ
किट्स गार्डेन मन्टेश्वरी स्कूलले बृहद् शैक्षिक प्रदर्शनी तथा निशुल्क दन्त शिविरको आयोजना सफलता पुर्वक सम्पन्न गरेको छ । लाइन्स क्लव अफ आरोग्य, एड्भान्स ओरल डेन्टल क्लिनिक तथा बासुकिनगर महिला सीपमुलक सहकारी संस्थाको प्रमुख प्रायोजनमा कार्यक्रम सम्पन्न भएको थियो । सिकाइमा सकारात्मक अुनुभुतिको विकास गरौँ भन्ने मुल लक्ष्य लिएर संचालनमा रहेको किट्स गार्डेन मन्टेश्वरीले सवै अभिभावक तथा सरोकारवालासंग समग्र शिक्षाको गुणस्तरको विकासको लागि छलफल संचालन गरेको थियो भने सवै अभिभावकहरुले सक्रिय सहभागिताका साथ सीपयुक्त शिक्षामा लाग्नुपर्नेकुरामा जोड दिनुभएको थियो । शिक्षक शिक्षिकाहरुले खेल्दै सिक्ने विभिन्न प्रयोग परिक्षणहरु स्टलहरु मार्फत् प्रस्तुत गर्नुभएको थियो जसमा फलफुल, तरकारी, गाउँ तथा शहरको नमुना, जाडो तथा न्यानो समयका लुगाकपाडाको प्रस्तुति साथै स्वस्थ्यकर खाना र फास्टफुड बीचका फरकहरुको विशेष प्रदर्शन मार्फत् बालबालिकालाई ज्ञान तथा सीपको विकास गर्ने गरी प्रदर्शनी प्रस्तुत गरिएको थियो । यस प्रकारको कार्यक्रमले समाजसेवामा काम गर्ने सामाजिक संस्थाहरु, विद्यालय, शिक्षक, अभिभावक, सरोकारवाला एवं विद्यार्थीबीच सुभधुर सम्बन्ध स्थापना गर्न विशेष योगदान पुगेको र आगामी दिनमा यस प्रकारका कार्यक्रमहरु नियमित संचालन गरिने जानकारी विद्यालयकी संस्थापक प्रिन्सिपल मुना दाहालले बताउनुभयो

Related News

शिक्षामा उत्कृष्ट परियोजनाको अनुसन्धान र विकासमा आइपिडिएफले पहल गर्ने
शिक्षामा उत्कृष्ट परियोजनाको अनुसन्धान र विकासमा आइपिडिएफले पहल गर्ने
  • २१ पुष २०७६, सोमबार

इन्टरनेसनल प्रोजेक्ट डेभेलपमेन्ट फोरम, आइपिडिएको प्रथम बार्षिक उत्सव तथा विशिष्ट ब्यक्तित्व सम्मान कार्यक्रमको अवसरमा स्वागत मन्तब्य दिनुहुदै संस्थाका उपाध्यक्ष भवानी...

काठमाण्डौ क्षेत्र नं ३ वाट शुशिला पौडेल र महेश्वर फुयल सिफारिस
काठमाण्डौ क्षेत्र नं ३ वाट शुशिला पौडेल र महेश्वर फुयल सिफारिस
  • २१ पुष २०७६, सोमबार

नेकपा माओवादी केन्द्रले काठमाण्डौ जिल्ला समन्वय समितिले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि काठमाण्डौ क्षेत्र नं...

बागमती र गण्डकीका केही स्थानमा बिहानैदेखि वर्षा
बागमती र गण्डकीका केही स्थानमा बिहानैदेखि वर्षा
  • २१ पुष २०७६, सोमबार

हाल बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार...

TOP