कहिलेकाँहि हामीलाई लाग्छ दिन कहिल्यै पनि नवितोस् । रात नै नपरेपनि हुन्थ्यो । तर साँच्चिकै दिन वितेन र रात पर्दै परेन भने हाम्रो दिनचर्या के होला । सूर्य अस्ताएन भने कुन बेला सुत्ने ?
तपाइँलाई अचम्म लाग्ला विश्वमा त्यस्ता देश पनि छन् जहाँ साँच्चिकै सँधै दिन हुन्छ । सूर्य अस्ताउँदैन । यहाँ सूर्य नअस्ताउने विश्वका ५ देशको चर्चा गरिएको छ ।
१ नर्वेः
नर्वेमा मे देखि जुलाइसम्म करिव ७६ दिन सम्म सूर्य अस्ताउँदैन । त्यसैकारण नर्वेलाई ‘ल्याण्ड अफ द मिडनाइट सन’ अर्थात मध्यरातको सूर्यको भूमि पनि भन्ने गरिन्छ । खासमा पुरै नर्वेमा यस्तो हुँदैन । देशको पूर्वी भागमा सूर्य डुब्दैन । पर्यटकीय क्षेत्रको रुपमा प्रसिद्ध त्यहाँ साइकल टुर, फिशिङ, गल्फिङ जस्ता क्रियाकलाप गरेर पर्यटकहरुले विदा मनाउँछन् ।
२ स्वीडेनः
स्वीडेनमा पनि मे देखि अगष्ट सम्म आधा रातमा मात्र सूर्य अस्ताउँछ । र फेरि विहान साढे ४ बजे उदाइहाल्छ । स्वीडेनमा पनि रातिको सूर्यको मजा लिन पाइन्छ । राजधानी स्टोकहोममा रहेका १४ टापुमा यस्तो अनुभव गर्न पाइन्छ । म्यालेरेन ताल र बाल्टिक समुद्रसँग जोडिएका यी टापुले ३० प्रतिशत स्टकहोमलाई जलमय बनाएको छ । मध्यरातमा देखिने सूर्यको दृष्य यहाँका टापुमा साँच्चिकै मनरोमन देखिन्छ ।
३ आइसल्याण्डः
युरोपकै अर्को देश आइसल्याण्डमा पनि १० मे देखि जुलाइको अन्तिम सम्म सूर्य अस्ताउँदैन । यहाँ रातको सूर्यसँगै सुन्दर सुन्दर परिदृष्य हेर्न पाइन्छ । यहाँ झरना, ज्वालामुखी, हिमनदी लगायतका प्राकृतिक सुन्दरता अवलोकन गर्न पाइन्छ ।
४ क्यानडाः
क्यानडाको पनि केही भागमा गर्मी मौषमभरी करिव ५० दिन सूर्य अस्ताउँदैन । मध्यरात सम्म सूर्य उदाउने हुँदा यहाँ पनि पर्यटकहरु आनन्द लिन्छन् ।
५ फिनल्याण्डः
फिनल्याण्डको अधिकाँश भागमा गर्भीको समयमा ७३ दिन सम्म निरन्तर सूर्य देखिन्छ । सूर्य नअस्ताउने यो समयमा यहाँ पनि पर्यटकको ओइरो लाग्ने गरेको छ ।
प्रत्येक वर्ष पौष शुक्ल पूणिर्मादेखि माघ शुक्ल पूर्णिमासम्म घरघरमा श्रीस्वस्थानी व्रत मनाइन्छ । स्वस्थानी परमेश्वरीको व्रत बसी कथा भन्ने र...
यस वर्षको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) आगामी वैशाख ९ गतेदेखि सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले...
शिक्षा मन्त्रालयले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सोमबार मन्त्रालयमा बसेको सचिवस्तरीय बैठकले कोभिड–१९ संकट व्यवस्थापन...