२० मंसिर २०७८, सोमबार
December 6, 2021, Monday

जोशी अमेरिकी विश्वविद्यालयका पहिलो नेपाली डीन

जोशी अमेरिकी विश्वविद्यालयका पहिलो नेपाली डीन

तनहुँमा जन्मेर अमेरिकामा बसोबास गर्दै आउनुभएका डा जीत जोशी एक अमेरिकी विश्वविद्यालयको पहिलो नेपाली डीन बन्नुभएको छ ।

आजभन्दा झण्डै तीन दशकअगाडि अमेरिका पुग्नुभएका उहाँ हाल अमेरिकाको क्यालिफोर्निया राज्यको लसएन्जेल्समा बस्दै आउनुभएको छ । डा जोशी क्यालिफोर्निया स्टेट युनिभर्सिटी लङ्बीच युनिभर्सिटीका डीन एवं सोही विश्वविद्यालयको अन्तर्राष्ट्रिय शिक्षा विभागका उपाध्यक्षसमेत हुनुहुन्छ ।

केही समयअगाडि नेपाल आउनुभएका उहाँनेपालको शिक्षा प्रणालीलाई रोजगारमूलक बनाउन व्यावसायिक शिक्षामा जोड दिन जरुरी रहेको बताउनुहुन्छ । “नेपालको शिक्षा घोकन्ते खालको भएकाले यसमा आमूल परिर्वतन गरी नेपाली शिक्षालाई रोजगारमूलक बनाउनु जरुरी छ”, उहाँ भन्नुहुन्छ । रासससँग कुरा गर्दै उहाँले अमेरिकामा राज्यको आवश्यकतालाई हेरेर विश्वविद्यालयले सोहीअनुरुपको जनशक्ति उत्पादन गर्ने भएकाले कसैले बेरोजगार बस्नु नपर्ने बताउनुभयो ।

अमेरिकामा कक्षा १२ पछि सबैलाई अनिवार्य व्यावसायिक शिक्षा प्रदान गरिने प्रचलन छ भन्दै उहाँ त्यसले विद्यार्थीमा सैद्धान्तिक ज्ञानको अलावा व्यावहारिक ज्ञानसमेत प्राप्त हुने बताउनुुहुन्छ । “व्यवसायिक शिक्षाले सजिलै रोजगारी प्राप्त गर्न सकिनेछ,” उहाँ भन्नुहुन्छ । अमेरिकी शिक्षा प्रणालीलाई अहिले विश्वका अन्य विकसित मुलुकले पनि अवलम्बन गर्दै गइरहेको उहाँको भनाइ थियो । पछिल्लो समय अध्ययनका लागि अमेरिका जाने नेपालीको संख्या उल्लेख्य रुपमा बढेको छ भन्दै उहाँले माध्यमिक शिक्षापछि दुई वर्ष व्यावहारिक ज्ञानसहितको शिक्षा हासिल गरेपछि उच्च शिक्षाका लागि अमेरिका आउँदा ज्यादै सजिलो हुने उहाँको सुझाव छ । रासस

Related News

कक्षा १२ को परीक्षाफल प्रकाशित
कक्षा १२ को परीक्षाफल प्रकाशित
  • ९ जेष्ठ २०७५, बुधबार

कक्षा १२ को परीक्षाफल प्रकाशित भएको छ । बिहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठक अनुसार परीक्षाफल प्रकाशित गरेको राष्ट्रिय परीक्षा...

मानिसको आँखा कति मेगापिक्सेलको हुन्छ ?
मानिसको आँखा कति मेगापिक्सेलको हुन्छ ?
  • ९ जेष्ठ २०७५, बुधबार

हाम्रो शरीरको महत्वपूर्ण अंग आँखा हो। यसले हामीलाई संसार देखाउँछ। हाम्रो आँखा करिब २० लाख अलग–अलग भाग मिलेर बनेको हुन्छ।...

विश्वकै सबैभन्दा अग्ली महिला टर्किमा
विश्वकै सबैभन्दा अग्ली महिला टर्किमा
  • ९ जेष्ठ २०७५, बुधबार

टर्कीका एक २४ वर्षिया महिला विश्वकी सबैभन्दा अग्ली महिलाको उपाधि जित्न सफल भएकीछन् । हालै गिनिज वलर्ड रेकर्ड्सले सात फिट...

TOP