रूसको अन्तरीक्ष एजेन्सी रोसकोसमोसले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा एउटा पाँच तारे होटल बनाउने तयारी थालेको छ । यो होटल विश्वका धनाढ्य मानिसहरुलाई अन्तरिक्षको भ्रमण गराउने उद्धेश्यका साथ खोल्न लागिएको हो ।
बेलायतको चर्चित अनलाइन मिररका अनुसार यस लग्जरी अर्बिटल सुइटमा चार निजी क्याबिन पनि हुनेछन् । एक-एक क्याबिन दुई क्युबिक मिटरको हुनेछ । साथै यसमा अन्तरीक्ष पुगेका यात्रुले ४०० माइल भन्दा तल पृथ्वीतर्फ सिधै हेर्न सकिनेसहितको पूर्वाधार पनि बनाइँदैछ ।
एक अन्य समाचार अनुसार यस पाँच तारे होटलमा १६ इन्च एक ठुलो झ्यालका साथै लाउन्ज एरिया पनि हुनेछ । यहाँ दुई हाइजिन र मेडिकल स्टेशन, व्यायाम उपकरण र वाईफाईको सुविधा पनि हुनेछ ।
पृथ्वीको श्वास रोकिदिने यस दृश्यलाई देखाउनाका साथै अन्तरिक्ष पर्यटकलाई एक व्यवसायिक व्यक्तिको सहयोगमा ‘अन्तरीक्ष पैदल यात्रा’ को अवसर पनि दिइने भएको छ ।
यस प्रस्तावित होटलको अनुमानित लागत २१० मिलियन पाउन्डदेखि ३३६ मिलिपन पाउन्डको बीचमा हुनेछ । यसलाई बनाउन निजी क्षेत्र र राज्यकोतर्फबाट पनि लगानीका लागि अनुदान दिइने भएको छ ।
यो होटलमा एकदेखि दुई सातासम्म बस्नका लागि हरेक पर्यटकले ४० मिलियन डलर (लगभग ४०९१००००० रुपैयाँ ) शुल्क लाग्ने छ । एक महिनासम्म यहाँ रहन चाहने पर्यटकले स्पेस वाकमा भाग लिन चाहँदा २० मिलियन डलरसम्म अतिरिक्त शुल्क तिर्नुपर्ने हुन्छ ।
प्रत्येक वर्ष पौष शुक्ल पूणिर्मादेखि माघ शुक्ल पूर्णिमासम्म घरघरमा श्रीस्वस्थानी व्रत मनाइन्छ । स्वस्थानी परमेश्वरीको व्रत बसी कथा भन्ने र...
यस वर्षको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) आगामी वैशाख ९ गतेदेखि सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले...
शिक्षा मन्त्रालयले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सोमबार मन्त्रालयमा बसेको सचिवस्तरीय बैठकले कोभिड–१९ संकट व्यवस्थापन...