१७ जेष्ठ २०८०, बुधबार
May 31, 2023, Wednesday

अनौठो विश्वविद्यालय, जहाँ अव विद्यार्थी बनाउनेछन् प्रश्नपत्र

अनौठो विश्वविद्यालय, जहाँ अव विद्यार्थी बनाउनेछन् प्रश्नपत्र

परीक्षा यस्तो शब्द हो, विद्यार्थीका लागि यसले भय पैदा गर्छ । परीक्षामा कस्ता प्रश्न आउँछन, यो चिन्ताले सवै विद्यार्थीलाई सताउँछ ।
कोही यस्तो व्यक्ति छैन होला, जो परीक्षासँग नडराएको होस् । प्रश्नपत्र हात परेपछि जस्तो सुकै जान्ने विद्यार्थीलाई पनि तनाव हुन्छ ।
यस्तोमा यदि विद्यार्थी नै प्रश्नपत्र तयार गरे भने के होला ?
अव यस्तै हुँदैछ, भारतको एक विश्वविद्यालयमा ।
पंजावको अमृतसरमा रहेको गुरु नानक देव विश्वविद्यालयमा शिक्षक छात्र–छात्रासँग परामर्श लिएर मात्र प्रश्नपत्र बनाउनेछन् । यो भारतको पहिलो विश्वविद्यालय हुनेछ, जसले यस्तो कदम उठाएको होस् ।
गुरु नानक देव विश्वविद्यालयमा आगामी सत्र शुरु हुनुभन्दा अगाडि कक्षाका वाकी विद्यार्थी सिनियर विद्यार्थीसँग सुझाव लिएर बनाइएको प्रश्नपत्रको जवाफ दिनेछन् । सिनियर विद्यार्थीको सुझावका आधारमा तयार पारिएको प्रश्नपत्र बोर्ड अफ स्टडीले अनुमोदन गर्नेछ । यसपछि सिन्डिकेटको फैसला आउँछ र प्रश्नपत्र छापिन्छ ।
गुरु नानक देव विश्वविद्यालयका उपकुलपति डा.जसपाल सिंहल सन्धूले यसवारे भने, ‘आउने समयमा पाठ्यक्रम तयार गर्नका लागि यो अनौठो प्रयोग देशका सवै विश्वविद्यालयका लागि काम लाग्ने हुनेछ ।’
गुरु नानक देव विश्वविद्यालयको यो सोच भविष्यमा कति सफल हुन्छ, त्यो भने अहिले भन्न सकिन्न ।

Related News

विदेश जानेको संख्या २८ वर्ष यताकै धेरै, ३० % नक्कली पिडित बने विभागको टाउको दुखाइ
विदेश जानेको संख्या २८ वर्ष यताकै धेरै, ३० % नक्कली पिडित बने विभागको टाउको दुखाइ
  • ४ पुष २०७४, मंगलवार

वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेलले आर्थिक वर्ष २०७८/०७९ मा विदेश जाने श्रमिकको संख्या ३.६८ गुणाले वृद्धि भएकोबताएका छन् । शुक्रवार...

अमेरिकी विदेशमन्त्रीको अभिव्यक्ति अस्वाभाविकः चिनियाँ विदेश मन्त्रालय
अमेरिकी विदेशमन्त्रीको अभिव्यक्ति अस्वाभाविकः चिनियाँ विदेश मन्त्रालय
  • ४ पुष २०७४, मंगलवार

 चिनियाँ विदेश मन्त्रालयले शुक्रबार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनलाई अमेरिकी अधिकारीले बेइजिङको प्रभावलाई सन्तुलनमा राख्न कारबाही गर्न आह्वान गरेको भाषण सार्वजनिक...

घरेलु महिला श्रमिक स्वदेश आएर पुनः फर्कन पाउने
घरेलु महिला श्रमिक स्वदेश आएर पुनः फर्कन पाउने
  • ४ पुष २०७४, मंगलवार

सरकारले विभिन्न मुलुकमा घरेलु कामदारका रूपमा रहेका नेपाली महिला श्रमिकलाई स्वदेश आएर पुनः फर्कन पाउने व्यवस्था गरेको छ । श्रम,...

TOP