काठमाडौं जिल्ला प्रशासनले नेपाल वैदेशिक रोजगार व्यवसायी संघको वैधानिकता समाप्त भइसकेकाले पुनः साधारणसभा गर्न सहमति नदिने निर्णय गरेको छ ।
संघले गत पुस २८ गते पुनः साधारणसभाका लागि माग गरेकामा संस्थाको वैधानिक कार्यकाल समाप्त भइसकेको र पटक–पटक तोकिएको मितिमा साधारणसभा नगरेको भन्दै जिल्ला प्रशासन कार्यालयले पुनः साधारणसभा गर्नका लागि सहमति नदिने निर्णय गरेको हो ।
कार्यालयले वर्तमान कार्यसमितिको कार्यकाल गत असोज ७ गते समाप्त भइसकेको जनाएको छ । जिल्ला प्रशासन कार्यालयले गत असोज ७ गते जनस्वास्थ्य तथा सुरक्षाको मापदण्ड पालना र भौतिक दूरी कायम गरी निर्वाचनसहितका साधारणसभा गर्न अनुमति दिएको थियो ।
त्यसलगत्तै संघले भदौ २३ गते कार्यालयलाई पत्र लेख्दै दशैं, तिहार र छठपर्व पर्न गएको अवस्था देखाई गत मंसिर २७ गते साधारणसभा गर्ने निर्णय गरेको थियो ।
तोकिएको समयमा साधारणसभा नगरी विभिन्न कारण देखाउँदै फेरि कात्तिक २५ गतेको संघको कार्यसमिति बैठकले पुस २३ गते साधारणसभा गर्ने निर्णय गरेको थियो । सो समयमा पनि साधारणसभा नगरी पुस ३० गतेका लागि सारिएको थियो ।
सारिएको विभिन्न मितिमा पनि साधारणसभा भएको थिएन ।
वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेलले आर्थिक वर्ष २०७८/०७९ मा विदेश जाने श्रमिकको संख्या ३.६८ गुणाले वृद्धि भएकोबताएका छन् । शुक्रवार...
चिनियाँ विदेश मन्त्रालयले शुक्रबार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनलाई अमेरिकी अधिकारीले बेइजिङको प्रभावलाई सन्तुलनमा राख्न कारबाही गर्न आह्वान गरेको भाषण सार्वजनिक...
सरकारले विभिन्न मुलुकमा घरेलु कामदारका रूपमा रहेका नेपाली महिला श्रमिकलाई स्वदेश आएर पुनः फर्कन पाउने व्यवस्था गरेको छ । श्रम,...