इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा जाने नेपाली कामदार उड्न अझै एक महिनाभन्दा बढी समय लाग्ने भएको छ । वैदेशिक रोजगार विभागले छनोट भएका व्यक्तिको स्वास्थ्य परीक्षण लगायतका काम सकेपनि उडानको मिति एकिन हुन सकेको छैन ।
विभागले गत साउन १२ गते सूचना प्रकाशित गरी विभागमार्फत भर्ना प्रक्रिया शुरू गरेकोे हो । छनोट भएका कामदार उडाउने फ्लाइट एकिन नहुँदा उडानको मिति एकिन हुन ढिलाइ भएको हो । विभागले आागामी पुस १५ गतेसम्मको समय दिएर हवाई सेवा प्रदायक संस्थाहरुलाई काठमाडौंबाट इजरायलसम्मको हवाई भाडा दर प्रस्ताव पेश गर्न भनेको छ । पुस १५ गतेसम्म परेका बोलपत्र पुस १६ गते खोलिने छ । त्यसपछि मात्र उडान एकिन हुने विभागका महानिर्देशक दीपक काफ्लेले बताए ।
नेपाल एयरलाइन्सले इजरायल उडान भर्ने गरेकोे छैन । नेपाली ध्वजाबाहक उडान नहुँदा विभागलाई विदेशी एयरलाइन्सको प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ । विभागले इजरायलका लागि १ लाख ४० हजार भाडा लाग्ने बताएको छ । तर वैदेशिक रोजगारीमा जाने कामदारलाई छुटको घोषणा गरेकोे नेपाल एयरलाइन्सले उक्त भाडामा उडान भर्दा घाटा हुने भन्दै नेपाली कामदार इजरायल लैजान अनिच्छा देखाएको बताइएको छ ।
विभागले पहिलो चरणमा १ हजार १ सय ७५ जना छनोट भएकाहरूलाई आगामी फेब्रुअरी महिनाभित्र इजरायल लैजाने बताएको छ । छनोट भएका परिक्षार्थीले इजरायलमा ५ वर्ष काम गर्न पाउनेछन् । वैदेशिक रोजगारका लागि आकर्षक गन्तव्य मानिएको इजरायलमा कामदारको मासिक तलव १ लाख ९० हजारसम्म रहेको जनाइएको छ ।यो समाचार मध्यनाह बाट लिएको हो।
इन्टरनेसनल प्रोजेक्ट डेभेलपमेन्ट फोरम, आइपिडिएको प्रथम बार्षिक उत्सव तथा विशिष्ट ब्यक्तित्व सम्मान कार्यक्रमको अवसरमा स्वागत मन्तब्य दिनुहुदै संस्थाका उपाध्यक्ष भवानी...
नेपालले एक वर्षमा करिव २६ करोड रुपैयाँका विभिन्न बाद्ययन्त्रहरु आयात गर्ने गरेको पाइएको छ । नेपालले गत आर्थिक वर्ष २०७८/७९...
पछिल्लो करिब एक महिना देखी परेको खडेरीले धान रोपेका खेत चिराचिरा परेर फुट्न थाले पछि पश्चिम नवलपरासीका किसानहरु चिन्तित बनेका...