मोजा गन्हाएको बिषयमा बिवाद हुँदा भारतीय प्रहरीले एक जना यात्रुलाई नियन्त्रणमा लिएको छ । बिहारका २७ वर्षीय प्रकाश कुमारलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यो एक साता अघिको घटना हो ।
उनी धर्मशालाबाट दिल्ली जानको लागि बसमा यात्रारत थिए । बसमा यात्रा गर्ने क्रममा उनले आफ्नो जुत्ता र मोजा फुकालेपछि अन्य यात्रुले गन्हाएको भन्दै उनलाई उक्त मोजा झोलामा हाल्न वा बाहिर फाल्न भनेका थिए ।
तर उक्त युवकले आफ्नो मोजा नगनाएको भन्दै बिवाद सुरु गरेपछि अन्य यात्रुको अनुरोधमा बसलाई हिमाञ्चल प्रदेशको एक प्रहरी स्टेसनमा रोकिएको थियो । उनलाई प्रहरीसमक्ष बुझाउनु अघि बसका चालक र सहचालकले दुई तीन पटक बस रोकेर सम्झाउने प्रयास गरेका थिए । तर, उनले मोजा फाल्न नमानेपछि प्रहरीलाई बुझाइएको हो ।
भारतीय सञ्चारमाध्यम दी हिन्दुस्तान टाईम्ससँग पक्राउ परको प्रकाश कुमारले भनेका छन्–मेरो मोजा गन्हाएकै थिएन । अन्य यात्रुले बिनाकारण झगडा सुरु गरे ।
प्रहरीका अनुसार उनी अहिले धरौटीमा रिहा भइसकेका छन् ।
पछिल्लो करिब एक महिना देखी परेको खडेरीले धान रोपेका खेत चिराचिरा परेर फुट्न थाले पछि पश्चिम नवलपरासीका किसानहरु चिन्तित बनेका...
भगवान शिवको प्रिय महिना साउनको पहिलो सोमवार आराध्यदेव पशुपतिनाथ मन्दिरमा आज बिहानैदेखि भक्तजनहरुको भीड लागेको छ । विहानैदेखि भक्तजनहरुको उल्लेख्य...
काठमाडौं उपत्यकामा २ हजार रोपनीभन्दा बढी जग्गा गैरकानुनी रूपमा प्लटिङ गरेको पाइएको छ ।गैरकानुनी रूपमा धमाधम जग्गा प्लटिङ भइरहँदा पनि...