अन्तर्राष्ट्रियस्तरमा साहित्यिक कार्यक्रमको आयोजना गर्दै आएको मेरठ लिटरेचर फेस्टिवलले फेस्टिवल आयोजनाको शीर्ष समिति मुख्य सलाहकार समिति सदस्यको रूपमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीलाई मनोनयन गरेको छ । सो जानकारी फेस्टिवलका अध्यक्ष डा. विजय पण्डितले जानकारी गराउनु भएको छ । मेरठ लिटरेचर फेस्टिवलले भारत र नेपालमा अन्तर्राष्ट्रियस्तरको साहित्यिक फेस्टिवलको आयोजना गर्ने गर्छ । क्रांतिधरा साहित्य अकादमीले दुई ओटा मुख्य साहित्यिक कार्यक्रमको आयोजना गर्ने गर्छ । जसमध्ये पहिलो मेरठ लिटरेचर फेस्टिवल भारतमा र दोस्रो इंडो नेपाल लिटरेचर फेस्टिवल नेपालमा । यो संस्थाले पर्यावरण संरक्षण र साहित्यिक सेवामा विगत दस बर्षदेखि निरंतर कार्यरत रहदै आएको छ । यो सस्थाका अध्यक्ष डा. विजय पंडित संस्थापक अध्यक्ष पनि हुन । यो सस्थाले समस्त विश्वभरिका साहित्यिक तथा सामाजिक विभूतिहरुलाई जोडेर राख्दै आएको छ । मेरठ लिटरेचर फेस्टिवलको मुख्य उद्देश्य ‘वसुधैव कुटुंबकम’ को भावनाका साथ सम्पूर्ण विश्व मै साहित्यको माध्यमबाट मनसित मन जोडनु , एकअर्काको लेखनका बारे जानकारी गराउनु, अनुवाद , प्रकाशन , विचारको आदान प्रदान, परस्पर सहयोगको भावना , पठन – पाठन एवं साहित्यको दायरा विस्तार गर्नु तथा नवोदित र गुमनाम लेखकलाई वरिष्ठ साहित्यकारहरुको सानिध्यमा एक अंतर्राष्ट्रीय मंच प्रदान गर्नु रहेको छ । क्रांतिधरा मेरठमा प्रत्येक वर्ष आयोजना गरिने तीन दिवसीय अन्तर्राष्ट्रिय साहित्यिक आयोजना क्रांतिधरा मेरठ साहित्यिक महोत्सव (मेरठ लिटरेचर फेस्टिवल) मा सम्मान चयन समितिद्वारा चुनिएका साहित्यिक विभूतिहरुलाई निम्न सम्मान प्रदान गर्ने गरिन्छ : १. संत गंगा दास स्मृति सम्मान २. गीतकार भारतभूषण स्मृति सम्मान ३. शायर हफीज़ मेरठी स्मृति सम्मान ४. पं. मुखराम शर्मा स्मृति सम्मान ५ आदिकवि भानुभक्त आचार्य स्मृति सम्मान (नेपाली साहित्यकारको लागि) क्रान्तिधरा साहित्य अकादमीद्वारा मेरठ, उत्तर प्रदेश, भारतमा प्रत्येक वर्ष आयोजना गरिने त्रिदिवसीय अन्तर्राष्ट्रिय साहित्यिक समारोह आयोजनालाई थप महत्वपूर्ण, व्यवस्थित, मर्यादित र विषेश बनाउन एक शीर्षस्तरमा सल्लाहकार समितिको गठन गरिएको हो । यही उदेश्यका साथ गठन गरिएको सल्लाहकार समितिमा साहित्यकार राधेश्याम लेकालीको नेपालका तर्फबाट सल्लाहकारमा मनोनयन गरिएको हो । सो सल्लाहकार समितिमा लेकालीका अलावा बेल्जियमका कपिल कुमार, वरिष्ठ गजलकार, क्यानडाका श्री सरन घई, वरिष्ठ साहित्यकार पनि रहनु भएको छ । यसैगरी अन्य सल्लाहकारहरुमा क्रमशः गोपाल नारसन, वरिष्ठ पत्रकार व साहित्यकार, आचार्य चन्द्रशेखर शास्त्री ,आध्यात्मिक गुरु व लेखक, राजिव जायसवाल, वरिष्ठ साहित्यकार (दिल्ली), जनाब प्यासा अंजुम, वरिष्ठ गजलकार (जम्मु कश्मीर), डा. प्रदीप सुमनाक्षर ,वरिष्ठ लेखक (दिल्ली), राजेंद्र मोहन शर्मा ,वरिष्ठ साहित्यकार (जयपुर), प्रदीप श्रीवास्तव, वरिष्ठ पत्रकार (लखनऊ), डा. ऊषा रानी राव, वरिष्ठ लेखिका (बैगंलौर), कुंवर वीरसिंह मार्तंड, वरिष्ठ साहित्यकार (कोलकाता), डा. सीमा विजय वर्गीय, गजलकार, (अलवर), श्रीमति पूनम झा , वरिष्ठ लेखिकासमेत रहनु भएको छ ।
इन्टरनेसनल प्रोजेक्ट डेभेलपमेन्ट फोरम, आइपिडिएको प्रथम बार्षिक उत्सव तथा विशिष्ट ब्यक्तित्व सम्मान कार्यक्रमको अवसरमा स्वागत मन्तब्य दिनुहुदै संस्थाका उपाध्यक्ष भवानी...
नेकपा माओवादी केन्द्रले काठमाण्डौ जिल्ला समन्वय समितिले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि काठमाण्डौ क्षेत्र नं...
हाल बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार...