आकस्मिक कार्यप्रणालीबाट शनिबार बिहान ब्यालेष्टिक मिसाइल खस्ने सतर्कताको घण्टी बजेपछि अमेरिकाको हवाइमा कोलाहल मच्चिएको थियो ।
नागरिकले आफूहरु कठिन समयमा रहेको महसुस गरेका थिए । कतिपय बेहोस भएको र कतिपय अत्तालिएको पनि बीबीसीले जनाएको छ । अधिकारीहरुले सतर्कताको घण्टी अचानक बजेकोमा माफी मागेका छन् ।
किन सतर्कताको घण्टी बजेको थियो ?
त्यो घण्टी हवाइको इमर्जेन्सीमा काम गर्ने एक कर्मचारीले आफ्नो कामको पालो फेर्दा गलत बटम थिचेका कारण भएको जनाइएको छ ।
मोबाइल प्रयोगकर्ताले बिहान ८ बजेर ७ मिनेटमा ‘हवाइमा ब्यालेस्टिक मिसाइलको खतरा आएको छ’, तुरुन्त आकस्मिक बासस्थान खोज्नुहोस ’ भन्ने सूचना प्राप्त गरेका थिए ।
होनोलुलुका स्टार विज्ञापनदाताका अनुसार त्यो सूचनालाई १८ मिनेटपछि इमेलमार्फत सच्याइएको थियो । तर ३८ मिनेटसम्म त्यो सूचनालाई कसैले फलोअप गरेका थिएनन् उत्तर कोरियाको मिसाइल कार्यक्रमले हवाइमा सतर्कताको घण्टीलाई प्रणलीमा राखिएको बीबीसीले जनाएको छ ।
सूचनापछि धेरै ठाउँमा त्यहाँका नागरिक आत्तिने, भूमिगत हुने र सुरक्षित ठाउँ खोज्दै दौडिएका थिए । हवाइका गभर्नर डेभिड इगले नागरिकमा त्रास र अन्योल फैलिएको भन्दै माफी मागेका छन् ।
उत्तरी ग्रिसमा एउटा कार्गो जहाज दुर्घटना भएको छ । सर्वियाबाट जोर्डनका लागि उडेको युक्रेनी कम्पनीको जहाज ग्रिसको काभाला नजिकै दुर्घटना...
वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेलले आर्थिक वर्ष २०७८/०७९ मा विदेश जाने श्रमिकको संख्या ३.६८ गुणाले वृद्धि भएकोबताएका छन् । शुक्रवार...
चिनियाँ विदेश मन्त्रालयले शुक्रबार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनलाई अमेरिकी अधिकारीले बेइजिङको प्रभावलाई सन्तुलनमा राख्न कारबाही गर्न आह्वान गरेको भाषण सार्वजनिक...