अस्पतालले मृत घोषणा गरेको व्यक्ति जिउदै छ भन्दा तपाईलाई चमत्कार नै लाग्न सक्छ । मृत भनेर शववहान झिकाएर घाट लान तयारी गरिरहेको ‘शव’मा धड्कन चलेको जब थाहा हुन्छ तब माहोल बेग्लै भइदिन्छ । त्यसमा पनि आफनो श्रीमानको मृत्युको खबरले छेउमै बेहोस भएर ढलेकी श्रीमतीलाई श्रीमान् जिउँदै छन् भन्दा कस्तो महसुस भयो भन्ने अनुमान मात्र गर्न सकिन्छ ।
यस्तै भइदियो इटहरी उप–महानगरपालिका–१९ बस्ने ३२ बर्षिय ईन्द्र गिरीको यो घटनाक्रममा । गत ३ गते गिरीले झुण्डिएर आत्महत्या गर्ने प्रयास गरेका थिए । तर परिवारले समयमै जानकारी पाएपछि धरान स्थित विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारको लागी पुराइएका गिरी अन्तिम अबस्थामा थिए । अस्पताल पुराउँदा अन्तिम ‘ढुकढुकी’ मात्र रहेका गिरीलाई आईसियुको अभावमा धरानबाट बिराटनगरस्थित लाईफ गार्डमा रेफर गरी उपचार शुरु गरियो ।
तर, अस्पतालले एक रातको उपचार पछि गिरीको मृत्यु भएको घोषणा गरिदियो । अस्पतालले ‘डेथ सर्टिफिकेट’ बनाउँदै गर्दा एक डाक्टरले अचानक उनको ‘पल्स’ चलिरहेको भनेपछि फेरी उनलाई चिकित्सको सल्लाह अनुरुप बिराटनगरकै नोबेल मेडिकल कलेजमा रेफर गरियो । नोबेलका बिशेषज्ञ चिकित्सको परामर्शबाट गिरीको उपचार शुरु भयो । क्रमशः चमत्कारीक रुपमा उनको अबस्थामा सुधार देखियो ।
श्रीमानको मृत्युको खबरले बेहोस भएकी उनकी श्रीमती चन्द्रा गिरीको अनुहारमा अहिले बेग्लै खुशी छ । घाट पुराउन लागेको आफनो श्रीमानको स्वास्थ्यमा सुधार आएपछि उनको खुशी शब्दमा व्यक्त गर्न सकिरहेकी छैनन् ।
यसमा तरुण दल सुनसरीका अध्यक्ष समेत रहेका सिजन गुरुङको पनि ठूलो योगदान रहेको छ । गुरुङले आफनौ टोलमा परेको यस्तो विपतमा खेलेको भूमिका प्रति स्थानियले प्रशंसा गरेका छन् । आर्थिक अबस्था कमजोर भएका गिरीको उपचारको लागी सम्पूर्ण उपचार खर्च गुरुङले बेहोरेका छन् भने चिकित्सकसँग परामर्श लगायत सबै कार्य उनले निभाएका थिए ।
‘खर्चभन्दा पनि मरेको भनिएको मान्छे अहिले जिउँदो भएको छ, त्यो नै ठुलो धर्म हो,’ गुरुङले भने, ‘यसमा नै सन्तुष्टि छ ।’
गिरीलाई अबका दिनमा स्वरोजगार बन्नको लागी आफुले सहयोग पनि गर्ने उनले बताए ।
गिरीकी श्रीमती चन्द्राले अनुसार गुरुङको सहयोग भगवान समान भएको बताइन् । अहिले उपचार पछि श्रीमान् खाना खान थालेको र बुधबार मात्र घर ल्याइएको चन्द्राले जानकारी दिइन् । चन्द्रा श्रीमानलाई हेदैँ भन्छिन्, ‘सपना जस्तो महसुश भइरहेको छ अझै ।’
वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेलले आर्थिक वर्ष २०७८/०७९ मा विदेश जाने श्रमिकको संख्या ३.६८ गुणाले वृद्धि भएकोबताएका छन् । शुक्रवार...
चिनियाँ विदेश मन्त्रालयले शुक्रबार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनलाई अमेरिकी अधिकारीले बेइजिङको प्रभावलाई सन्तुलनमा राख्न कारबाही गर्न आह्वान गरेको भाषण सार्वजनिक...
सरकारले विभिन्न मुलुकमा घरेलु कामदारका रूपमा रहेका नेपाली महिला श्रमिकलाई स्वदेश आएर पुनः फर्कन पाउने व्यवस्था गरेको छ । श्रम,...