२१ मंसिर २०७८, मंगलवार
December 7, 2021, Tuesday

यी बन्दैछन् विश्वकै कान्छा राष्ट्रपति, जान्नुहोस कुन देशका र कति बर्षका छन ?

यी बन्दैछन् विश्वकै कान्छा राष्ट्रपति, जान्नुहोस कुन देशका र कति बर्षका छन ?

अस्ट्रियाको कन्जरभेटिभ पिपुल्स पार्टी र चरम दक्षिणपन्थी फ्रिडम पार्टीबीच नयाँ सरकार गठन गर्ने सहमति भएको छ । संसदीय निर्वाचन सम्पन्न भएको करिब दुई महिनापछि ती पार्टीबीच सरकार गठनको सहमति भएको हो ।

गठबन्धनले नयाँ सरकार गठनका लागि राष्ट्रपति भान देर बेलेनलाई अवगत गराएका छन् । चुनावमा पिपुल्स पार्टीले जिते पनि सरकार गठन गर्न आवश्यक बहुमत नपुगेपछि गठबन्धन गरिएको हो । कुर्ज अस्ट्रियाको गभर्नर बन्ने र स्ट्यार्च भाइस चान्सलर बन्ने लगभग पक्कापक्की भएको छ । राष्ट्रपतिले सरकार गठनका लागि नयाँ गठबन्धनलाई अनुमति दिएपछि पिपुल्स पार्टीका नेता ३१ वर्षीय जेबास्टियन कुर्ज विश्वकै सबभन्दा कान्छा प्रधानमन्त्री हुनेछन् । पश्चिम युरोपमा चरम दक्षिणपन्थी पार्टी सरकारमा सहभागी गराउने अस्ट्रिया एक्लो मुलुक बन्नेछ ।

पिपुल्स पार्टीका जेबास्टियन कुर्ज र फ्रिडम पार्टीका हाइन्ज क्रिस्टियन स्ट्यार्चबीच नयाँ सरकारका लागि सहमति बनेको भए पनि सरकारका कार्यक्रमबारे विस्तृत विवरण दिइएको छैन । दुई महिनाअघिको चुनावमा कुर्जले युरोपको आप्रवासी संकटलाई मुख्य मुद्दा बनाएका थिए । कुर्जले कन्जरभेटिभ र दक्षिणपन्थी मतदातासँग आप्रवासीको युरोप प्रवेश गर्ने मार्ग बन्द गर्ने, शरणार्थीलाई दिँदै आएका सहुलियत नियन्त्रण गर्ने र अस्ट्रियामा बसेको पाँच वर्ष पूरा नभएसम्म राज्यका विभिन्न सुविधा नदिने प्रतिबद्धता व्यक्त गरेका थिए ।

कुर्जले आफूहरूको नीति चोरेको फ्रिडम पार्टीले आरोप लगाएको छ । फ्रिडमले उनलाई ढोँगी नेताका रूपमा चित्रण गरेको थियो ।

Related News

इन्डोनेसियामा ज्वालामुखी विस्फोटमा परी मर्नेको संख्या ३४ पुग्यो
इन्डोनेसियामा ज्वालामुखी विस्फोटमा परी मर्नेको संख्या ३४ पुग्यो
  • २ पुष २०७४, आईतवार

इन्डोनेसियाको जाकार्तामा गत शनिबार भएको ज्वालामुखी विस्फोटमा परी मृत्यु हुनेको संख्या ३४ पुगेको छ । ज्वालामुखी विस्फोटमा परेर अरू १७...

जापानको बेरोजगारी दर २.७ % मा झर्यो
जापानको बेरोजगारी दर २.७ % मा झर्यो
  • २ पुष २०७४, आईतवार

गत महीना जापानको बेरोजगारी दर २ दशमलव ७ प्रतिशत रहेको छ । यो अघिल्लो महीनाको तुलनामा शून्य दशमलव १ प्रतिशत...

२० महीनापछि भारतको मुम्बई र बैङ्लोर उडान गर्ने तयारीमा नेपाल एयरलाइन्स
२० महीनापछि भारतको मुम्बई र बैङ्लोर उडान गर्ने तयारीमा नेपाल एयरलाइन्स
  • २ पुष २०७४, आईतवार

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले २० महीनापछि भारतको मुम्बई र बैङ्लोरमा पुनः उडान शुरु गर्न लागेको छ...

TOP