१४ मंसिर २०७८, मंगलवार
November 30, 2021, Tuesday

बागलुङमा पहिरो खस्दा एकै परिवारका ३ जनाको मृत्यु

बागलुङमा पहिरो खस्दा एकै परिवारका ३ जनाको मृत्यु

बागलुङमा पहिरोले घर पुर्दा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । गएराति परेको अविरल वर्षापछि जिल्लाको बरेङ गाउँपालिका–१, लुरु भन्ने स्थानमा पहिरो जाँदा एकै परिवारका ३ जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय, बागलुङका प्रमुख डीएसपी दीपक रेग्मीले पहिरोमा पुरिएर विष्णुबहादुर क्षेत्री, विष्णुकुमारी क्षेत्री र सोनिया क्षेत्रीको मृत्यु भएको जानकारी दिए ।

पहिराेले नजिकैको अर्को घरमा पनि सामान्य क्षति पुगेको छ । तर मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

बागलुङमा गएराति परेको अविरल वर्षाले अन्य स्थानहरुमा पनि क्षति पुर्याएको विवरण आइरहेको प्रहरी प्रमुख रेग्मीले अनलाइनखबरलाई जानकारी दिए । घर भत्किएका, पहिरो खसेका लगायतका क्षतिका खबर आए पनि अन्यत्र भने मानवीय क्षति नभएको उनको भनाइ छ ।

गत वर्ष साउन महिनामा बागलुङकै निशी खोलामा पहिरो जाँदा एकै परिवारका ४ सहित ६ जनाको मृत्यु भएको थियो ।

Related News

विश्वकै सबैभन्दा अग्ली महिला टर्किमा
विश्वकै सबैभन्दा अग्ली महिला टर्किमा
  • १२ असार २०७५, मंगलवार

टर्कीका एक २४ वर्षिया महिला विश्वकी सबैभन्दा अग्ली महिलाको उपाधि जित्न सफल भएकीछन् । हालै गिनिज वलर्ड रेकर्ड्सले सात फिट...

इजिप्टमा भेटियो ४५ सय वर्ष पुरानो मन्दिर, क्यानडामा शताब्दीकै विनाशकारी आँधी
इजिप्टमा भेटियो ४५ सय वर्ष पुरानो मन्दिर, क्यानडामा शताब्दीकै विनाशकारी आँधी
  • १२ असार २०७५, मंगलवार

अमेरिका र चीनबीच भएको वार्तापछि दुई देशका पत्रकारहरुमाथि लगाइएको प्रतिबन्ध फुकुवाको खबर आज चर्चामा रह्यो। राष्ट्रपति जो बाइडेन र चिनियाँ...

जनकलाल शर्मा स्मृति शतबार्षिकी भर्चुअल कार्यक्रम भव्यताका साथ सम्पन्न
जनकलाल शर्मा स्मृति शतबार्षिकी भर्चुअल कार्यक्रम भव्यताका साथ सम्पन्न
  • १२ असार २०७५, मंगलवार

बैशाख १७, २०७८ इलाम, क्याबुङ, क्याबुङ विकास प्रतिष्ठानको आयोजना तथा नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्यमा जनकलाल शर्मा स्मृति शतवार्षिकी भर्चुअल कार्यक्रम...

TOP