१६ मंसिर २०७८, बिहीबार
December 2, 2021, Thursday

जापानको इतिहासमा पहिलो पटक सम्राटले गद्दी त्याग्दै

जापानको इतिहासमा पहिलो पटक सम्राटले गद्दी त्याग्दै

टोकियो (रासस/एएफपी)- जापानी सम्राट अकिहितोले आगामी सन् २०१९ को अप्रिल ३० देखि राजगद्दी त्याग्ने गर्ने बताएका छन्।

सो कुरा जापानी प्रधानमन्त्री सिन्जो आबेले शुक्रबार सार्वजनिक गरे। उनले जापानी सम्राटले स्वेच्छाले गद्दी त्यागको निर्णय गरेको जानकारी शुक्रबार दिएका थिए।

जापानको वर्तमान राजसंस्थाको करिब दुई शताब्दि पुरानो इतिहासमा यो पहिलो पटक यहाँका सम्राटले राजगद्दी त्यागको घोषणा गरेका हुन्।

जापानी प्रधानमन्त्री सिन्जो आबेले जापानको राजपरिषदको विशेष बैठकमा हालै सो निर्णय गरेको जानकारी दिए। सम्राट अकिहितोले यो निर्णय गरिसक्नुभएको जानकारी उनले दिए। उनले अरु कुनै कारणले नभई आफ्नो स्वास्थ्य र उमेरका कारणले यो निर्णय गरेको पनि प्रधानमन्त्री आबेले जानकारी दिए।

जापानी सम्राट अकिहितो हाल ८३ वर्षको छज्। उनले राजगद्दी त्याग गरेपछि उनका छोरा ५७ वर्षका युवराजाधिराज नारुहितो राजगद्दीमा बस्नेछन्।

प्रधानमन्त्री आबेले हालका राजाले गद्दी त्यागगर्ने र युवराजाधिराजले गद्दी आरोहण गर्ने कार्यक्रमलाई जापानमा विशेष समारोहका रुपमा मनाइने पनि बताए।

Related News

जापानको बेरोजगारी दर २.७ % मा झर्यो
जापानको बेरोजगारी दर २.७ % मा झर्यो
  • १५ मंसिर २०७४, शुक्रबार

गत महीना जापानको बेरोजगारी दर २ दशमलव ७ प्रतिशत रहेको छ । यो अघिल्लो महीनाको तुलनामा शून्य दशमलव १ प्रतिशत...

२० महीनापछि भारतको मुम्बई र बैङ्लोर उडान गर्ने तयारीमा नेपाल एयरलाइन्स
२० महीनापछि भारतको मुम्बई र बैङ्लोर उडान गर्ने तयारीमा नेपाल एयरलाइन्स
  • १५ मंसिर २०७४, शुक्रबार

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले २० महीनापछि भारतको मुम्बई र बैङ्लोरमा पुनः उडान शुरु गर्न लागेको छ...

विश्वकै सबैभन्दा अग्ली महिला टर्किमा
विश्वकै सबैभन्दा अग्ली महिला टर्किमा
  • १५ मंसिर २०७४, शुक्रबार

टर्कीका एक २४ वर्षिया महिला विश्वकी सबैभन्दा अग्ली महिलाको उपाधि जित्न सफल भएकीछन् । हालै गिनिज वलर्ड रेकर्ड्सले सात फिट...

TOP