शेरे आफ्नी पूर्वप्रेमिकालाई किस गर्न खोज्दै थियो, यत्तिकैमा गर्लफ्रेन्डले च्यालेन्ज दिँदै भनी ।
गर्लफ्रेन्ड : यहाँ के किस गर्छौ ? सक्छौ भने मेरो बूढाको अगाडि किस गरेर देखाऊ अनि मात्र तिम्लाई किस गर्न दिन्छु ।
शेरेले पनि फुर्ती लगाउँदै च्यालेन्ज स्वीकार गर्यो ।
एक दिन शेरेकी गर्लफ्रेन्ड र उसको बूढा सँगै आउँदै थिए । शेरेले आइडिया निकाल्यो र एउटा अग्लो रूखमा चढ्यो अनि भन्न थाल्यो ।
शेरे : ओ दाइ, के हो यार…. तपाईंमा लाज–सरम भन्ने कुरा छैन ? बाटोमा किस गर्दै हिंड्ने ?
शेरेकी गर्लफ्रेन्डको बूढा : (रिसाउँदै) के हो भाइ, नचाहिँदो बोल्ने ? कसले गर्यो किस ? मैले उसलाई छो’को सम्म त छैन । तिमी किस गर्यो भन्ने ?
शेरे : किन झूट बोल्नुहुन्छ ? मेरै आँखाले देखिरा’को छु, तपाईं होइन भन्नुहुन्छ ? मैले यहाँबाट त्यही देखिरा’ छु । नपत्याए यहीं आएर हेर्नुस् त ।
शेरेकी गर्लफ्रेन्डको बूढा : होइन रै’छ भने धुलाइ भेट्छौ नि भाइ ।
शेरे : भैहाल्छ नि, पैले रूखमा चढेर त हेर्नुस् । होइन रै’छ भने मलाई जे गर्नुहुन्छ गर्नुस् ।
शेरे रूखबाट झर्यो । शेरेकी गर्लफ्रेन्डको बूढाचाहिँ रूखमा चढ्यो । अब भने शेरेलाई मोज भो । ऊ गर्लफ्रेन्डलाई स्टाइल–स्टाइलमा किस गर्न थाल्यो ।
यत्तिकैमा शेरेकी गर्लफ्रेन्डको बूढा चिच्यायो ।
शेरेकी गर्लफ्रेन्डको बूढा : ए ए भाइ, हो त रै’छ नि यार ! मैले यहाँबाट तिमीहरू दुई जनालाई किस गरिरा’को देखिरा’ छु । कस्तो अचम्मको रूख रै’छ यार यो त ।
सेरे दुई घण्टादेखि आफ्नो दराजबाट एउटा कागज झिकेर पल्टाई–पल्टाई हेरिरहेको थियो ।
बूढी : हैन ए बूढा, तिम्रो केही काम छैन ? के हेर्दैछौ दुई घण्टादेखि ?
सेरे : बिहे दर्ताको कागज हेरेको ।
बूढी : अनि दुई घण्टासम्म हेर्नुपर्छ त ?
सेरे : खै, यसको एक्सपायर डेट हेरेको, फेला पार्नै सकिनँ ।
फिस्टे : मिस, मैले तपाईंको भित्री कपडाको एउटा तुना देखे ।
शिक्षिका : फिस्टे, कक्षाबाट निस्किहाल् अनि एक हप्तासम्म स्कुल नआउनु ।
एकछिनमा धुर्मुसे हाँस्छ ।
शिक्षिका : धुर्मुसे, तँचाहिँ किन हाँसेको ?
धुर्मुसे : मिस, मैले तपाईंको भित्री कपडाको दुवैतिरको तुना देखें ।
शिक्षिका : तँ पनि कक्षाबाट निस्की र एक महिनासम्म पढ्न नआउनु ।
शिक्षिका भुइँमा झरेको चक उठाउन झुक्छिन्, त्यही बेला शेरे जुरुक्क उठेर सरासर कक्षाबाट बहिर निस्कन लाग्छ ।
शिक्षिका : शेरे, तिमी किन बाहिर जान लागेको ?
शेरे : मिस, मैले जे देखें, त्यसपछि मलाई लाग्छ, मेरो पूरै स्कुले जीवन समाप्त भयो ।
उनी : के गर्दै छौ ?
शेरे : बेडमा पल्टेर फेसबुक चलाउँदै ।
उनी : यदि म त्यहाँ भ’को भए ?
शेरे : दुई जना नै बसेर फेसबुक चलाउँथ्यौं ।
उनी : यदि म त्यहाँ भ’को बेला नेट नभए ?
शेरे : एनसेलको कार्ड ल्याएर नेट चलाइन्थ्यो ।
उनी : ह्याप्पी भाइ टीका इन एड्भान्स भाइ ।
शेरे : धन्यवाद सिस ।
उनी : ब्लकेट !
धमला बाबै र शेरे मिठाई पसलमा गएछन् । धमला बडो चलाखीका साथ पाँचवटा मिठाई चोरेर पसलबाट बाहिर निस्किएछ अनि गर्वका साथ भनेछ :
देखिस् त मेरो हातको
कला ? कसरी मैले त्यो पसलेले चालै नपाउने गरी मिठाई
लुकाएर ल्याएँ ?
शेरे : यो त केही पनि होइन, लु आइज पसलभित्र ।
तँलाई म गजबको
जादु देखाउँछु ।
अनि फेरि दुवै जना भित्र गएछन् ।
शेरे : (पसलेसँग) तिमी पनि हेर्ने हो जादु ?
पसले : हेर्दिम् न त ।
अनि शेरेको पालो भकाभक पाँचवटा मिठाई टिप्दै खाइदिएर चुपचाप बाहिर निस्कन खोज्दा पसलेले रिसाउँदै भनेछ : बजिया खै त जादु ? त्यसै फोकटमा अर्काको पसलमा आएर मिठाई घिच्न पाउँछस् ? तेरिमा बकम्फुसे ??
शेरे : नरिसाऊ न साउजी, अब यो धमलाको गोजी चेक गर त । मैले खाएको मिठाई तिम्ले त्यहीँ पाउनेछौ ।
जँड्याहा शेरेले रातको १२ बजे भट्टीवाल्नीलाई फोन गरेर भनेछ ।
शेरे : साहुनी, तपाईंको भट्टी कति बजे खुल्छ ?
साहुनी : बिहान ७ बजे ।
शेरे : कति बजे रे ??
साहुनी : बिहानको ७ बजे भन्दैछु त ।
एकैछिनपछि फेरि शेरे फोन गर्दै : साहुनी, भट्टी कति बजे खुल्छ रे ?
भट्टीवाल्नी साहुनी : बिहानको ७ बजे हौ । अघि त्यत्रो खाँदा पनि चित्त बुझेन र ? अब भोलि बिहान ७ बजे आउनु ।
शेरे : हि, हि..हा, हा.. खाएर त पुग्यो हौ ।
तर म यहाँ तपार्इंको भट्टीभित्रै छु क्या ! भट्टी कति बजे खुल्छ…???
saptahik
खडानन्द र पत्नी बिहान उठे । पत्नी : मेरा लागि नास्ता बनाइदेऊ खडु । (खडानन्द चुपचाप घरबाट बाहिर निस्किए ।)...