बिहीबार हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा नागरिकतालगायत तस्वीर टाँस भएका सरकारी निकायबाट जारी भएको मतदाताको परिचय खुल्ने कागजपत्र देखाएर मतदान गर्न सकिने व्यवस्था गरिएको छ ।
निर्वाचनमा मतदान गर्न पाउने मतदाताको मताधिकारको सम्मान गर्दै निर्वाचन आयोगले मतदाता नामावलीमा नाम भएका तर मतदाता परिचयपत्र प्राप्त गर्न नसकेका मतदाताले समेत मतदान गर्न उक्त व्यवस्था गरिएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए।
आयोगका अनुसार कुनै मतदाताले प्राप्त परिचयपत्र हराएमा वा नष्ट यस्ता मतदाताले मतदानका लागि नेपाली नागरिकताको प्रमाणपत्र वा २०७० सालमा आयोगबाट जारी गरिएको मतदाता परिचयपत्र वा राहदानी वा सवारी चालक अनुमतिपत्र वा जग्गाधनी प्रमाणपत्र वा सरकारी निकायबाट तस्वीरसहित जारी भएका परिचयपत्रसमेतका आधारमा मतदान गर्न सक्नेछन् ।
यसअघि स्थानीय तहको निर्वाचनमा मतदाता परिचयपत्र पाएका मतदाताले सोही मतदाता परिचयपत्रका आधारमा तथा मतदाता नामावलीमा नाम थप भई यही मंसिर १९ र २० गते सम्बन्धित मतदान केन्द्रबाट मतदाता परिचयपत्र पाउनुभएका मतदाताले सोही मतदाता परिचयपत्रबाट मतदान गर्न पाउने आयोगले जनाएको छ । (रासस)
काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्नो अग्रता दोब्बरले बढाएका छन् । पछिल्लो समय १ बजे सार्वजनिक भएको मतपरिणामअनुसार...
स्थानीय तह सदस्य निर्वाचन २०७९ को मैन अवधीमा मकवानपुरको बकैयामा मतदाता ‘फकाउन’ आचारसंहिता विपरित बाड्न लैजाँदै गरको खानेपानीको पाईप स्थानीयले...
पहिला पहिला निर्वाचन आयोगले मत दिने स्थानहरुमै टोली खटाएर मतदाता शिक्षा दिने गर्दथ्यो ? यस पटक त्यस्तो टोली आउँदैन ?”...