९ चैत्र २०७९, बिहीबार
March 23, 2023, Thursday

शिक्षामा उत्कृष्ट परियोजनाको अनुसन्धान र विकासमा आइपिडिएफले पहल गर्ने

शिक्षामा उत्कृष्ट परियोजनाको अनुसन्धान र विकासमा आइपिडिएफले पहल गर्ने

इन्टरनेसनल प्रोजेक्ट डेभेलपमेन्ट फोरम, आइपिडिएको प्रथम बार्षिक उत्सव तथा विशिष्ट ब्यक्तित्व सम्मान कार्यक्रमको अवसरमा स्वागत मन्तब्य दिनुहुदै संस्थाका उपाध्यक्ष भवानी प्रसाद पौडेलले देशका उत्कृष्ट र महत्वपूर्ण ब्यक्ति ब्यक्तित्वहरुको सामुहिक पहलकदमीबाट नेपालमा शुरक्षित लगानीमैत्री बातावरणको सिर्जना गर्न पहलकदमी गर्नुपर्ने मा विशेष जोड दिनुभयो । विश्वका विकसित देशहरुले प्राविधिक शिक्षामा ब्यापक लगानी गरेर उत्कृष्ट विकासको नमुना प्रस्तुत गरेको कारण नेपालले पनि यस क्षेत्रमा ध्यान केन्द्रीत गर्नु पर्ने कुरामा विशेष जोड दिनु भयो । कक्षा १२ पास गर्ने वित्तिकै शिक्षाका नाममा विदेश पलायन हुने विकराल परिस्थितिलाई रोकी ती विद्यार्थीहरुलाई नेपालमै स्थापित गर्नका लागि बिशेष कार्यक्रम बनाएर नेपालमै योगदान दिन सक्ने, नेपालमै रोजगारी सिर्जना गर्ने परियोजना विकासमा जोड दिनुपर्ने कुरामा ध्यानाकर्षण गर्नुभएको छ । जल, जंगल जडिबुटी तथा पर्यटनको विकासमा विश्वको लगानी आकर्षित गरी मेडिकल हव तथा शिक्षाको हव सिर्जना गर्न सकिने संभावनामा पौडेलले जोड दिनुभएको छ ।
पलायन भएका युवालाई नेपालमा फर्काउन कसरी सकिन्छ ? नेपालमै उद्योगधन्दाहरु कसरी स्थापना गर्न सकिन्छ ? विश्वविद्यालयका विद्यार्थीले नेपालमै संभावना देख्न सक्ने नागरिक कसरी तयार पार्न सकिन्छ ? यो देशको मेडिकल साइन्सलाई कसरी आधुनिक बनाउन सकिन्छ ? स्थानीय, प्रादेशिक सरकार, संघीय सरकारले नेपाली नागरिकलाई कसरी नेपालमै रहेर आफ्नो भविष्य देखाउन सक्छ ? आत्मनिर्भर नेपालको विकास कसरी गर्न सकिन्छ ? सबै नीतिनिर्माण तह, निजी क्षेत्र, अन्तराष्ट्रिय निकाय संघसंस्था, मिडिया, लगानीकर्ता साथै सरोकारवाला निकायलाई एउटै छानामुनी समेटेर नेपालको समग्र विकास परियोजनालाई एउटा निश्चित गन्तब्यमा पुर्याउन कसरी सकिन्छ ? भन्ने प्रश्नको जवाफ खोज्ने कुरा आइपिडिएफ ले उठान गर्ने जानकारी गराउँदै सबै क्षेत्रका महानुवानहरुलाई हातेमालो गरेर अभियानमा जोडिन आग्रह गर्नुभयो ।

Related News

काठमाण्डौ क्षेत्र नं ३ वाट शुशिला पौडेल र महेश्वर फुयल सिफारिस
काठमाण्डौ क्षेत्र नं ३ वाट शुशिला पौडेल र महेश्वर फुयल सिफारिस
  • २ पुष २०७९, शनिबार

नेकपा माओवादी केन्द्रले काठमाण्डौ जिल्ला समन्वय समितिले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि काठमाण्डौ क्षेत्र नं...

बागमती र गण्डकीका केही स्थानमा बिहानैदेखि वर्षा
बागमती र गण्डकीका केही स्थानमा बिहानैदेखि वर्षा
  • २ पुष २०७९, शनिबार

हाल बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार...

नेपालीले बजाउँछन् एक वर्षमा २६ करोडको बाद्ययन्त्र
नेपालीले बजाउँछन् एक वर्षमा २६ करोडको बाद्ययन्त्र
  • २ पुष २०७९, शनिबार

नेपालले एक वर्षमा करिव २६ करोड रुपैयाँका विभिन्न बाद्ययन्त्रहरु आयात गर्ने गरेको पाइएको छ । नेपालले गत आर्थिक वर्ष २०७८/७९...

TOP