१० मंसिर २०७९, शनिबार
November 26, 2022, Saturday

काठमाण्डौ क्षेत्र नं ३ वाट शुशिला पौडेल र महेश्वर फुयल सिफारिस

काठमाण्डौ क्षेत्र नं ३ वाट शुशिला पौडेल र महेश्वर फुयल सिफारिस

नेकपा माओवादी केन्द्रले काठमाण्डौ जिल्ला समन्वय समितिले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि काठमाण्डौ क्षेत्र नं ३ बाट माओवादी केन्द्र बागमती प्रदेश सचिवालय सदस्य सुशिला पौडेल र महेश्वर फुँयाललाई सिफारिस गरेको छ ।
काठमाण्डौ क्षेत्र न ३ बाट २ जनाको नाम सिफारिस भएता पनि माओवादी केन्द्रले यस पटक महिलालाई प्राथमिकता दिन नीति लिए बमोजिम शुशिला पौडेल चयन हुने संभावना प्रवल रहेको छ । जनयुद्ध कालदेखि माओवादीमा सक्रिय रही लामो समय जेल जीवन र भूमिगत जीवन विताएकी शुशिला पौडेल भुगोल र महिला संगठनको जिम्वेवारी सम्हाल्दै आएकी छिन् । उनी २०५३ साल देखी अखिल नेपाल महिला संघ क्रान्तिकारी र पार्टीको पूर्णकालीन सदस्य भएर २०५४ साल देखि २०५९ सालसम्म पटकपटक जेलजीवन विताई सकेकी छिन् र हाल सुशिला पौडेल माओबादी केन्द्र बागमती प्रदेश सचिवालय सदस्यका साथै काठमाण्डौ महानगरको सहइन्चार्ज र अनेमसंघ क्रान्तिकारीको केन्द्रीय सचिव एवम् काठमाण्डौ जिल्ला इन्चार्ज समेत हुन् ।

Related News

बागमती र गण्डकीका केही स्थानमा बिहानैदेखि वर्षा
बागमती र गण्डकीका केही स्थानमा बिहानैदेखि वर्षा
  • २१ भाद्र २०७९, मंगलवार

हाल बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार...

पेट्रोलियम पदार्थको मूल्यसूचि घटेर आयो
पेट्रोलियम पदार्थको मूल्यसूचि घटेर आयो
  • २१ भाद्र २०७९, मंगलवार

 भारतबाट लगातार तेस्रो पटक पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । नेपाल आयल निगमका अनुसार मंगलबार प्राप्त मूल्य सूचीमा पेट्रोल...

नुवाकोटको बेल्कोटगढी केन्द्रविन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प
नुवाकोटको बेल्कोटगढी केन्द्रविन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प
  • २१ भाद्र २०७९, मंगलवार

शनिबार बिहान ५ बजेर २६ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार नुवाकोटको बेल्कोटगढीलाई...

TOP