पछिल्लो करिब एक महिना देखी परेको खडेरीले धान रोपेका खेत चिराचिरा परेर फुट्न थाले पछि पश्चिम नवलपरासीका किसानहरु चिन्तित बनेका छन् ।
मल अभावको मार झेल्दै रोपाइ सकेका किसानहरु फेरी खरेडीकोले खेती नष्ट हुने भन्दै चिन्तित बनेका छन् । यो वर्ष धान उत्पादन घट्ने चिन्ताले नवलपरासीका किसानहरुलाई चिन्तित बनाउन थालेको पश्चिम नवलपरासी रामग्राम नगरपालिका कृषक सञ्जालका अध्यक्ष शिवकुमार यादवले बताउनुभयो । अध्यक्ष यादवका अनुसर नवलपरासीको दक्षिणी भेगमा असार १५ भन्दा पहिला नै अधिकांश खेतमा धान रोपिसकिएको थियो । आकाशे पानी नआएका कारण पम्पसेट वा नहरको पानी लगाएर धानको रोपाई गरी सकेका किसानलाई रोपाई पछि पानी पर्ला भन्ने आशा भए पनि पछिल्लो समयमा लामो समय देखी पानी नपरे पछि रोपिएको धान खेती नष्ट हुने भएको छ ।
नवलपरासीमा २१ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिन्छ जस मध्य जिल्लाको दक्षिणी भागमा धानको रोपाई भएको भए पनि उत्तर तर्फका अधिकाश खेतहरु पानीको अभावमा रोपाई नै हुन सकेको छैन । विद्युतको सम्पर्क पुगेका कतिपय खेतहरुमा पम्पसेट देखी भुमिगत पानी निकालेर खडेरीले सुकेको खेतमा सिंचाई गर्ने प्रयास गरिएको अवस्थामा कतिपय पम्पसेटमा पानी सुक्न थालेको बताइएको छ ।
पश्चिम नवलपरासीको परासी देखी दक्षिणका पालीनन्दन, प्रतापपुर, सरावल लगायतका क्षेत्रहरुमा असारको पहिलो हप्तासम्ममा खेतमा धान रोपाई सकिएको थियो । खेत रोपाईको समयमा पनि पानी नपरेर पम्पसेट चलाएर खेत रोपेका किसानहरुको खेत अहिले पानीको अभावमा धान पहेलो हुन थाले पछि किसानहरु चिन्तित बनेको पाल्हीनन्दन गाउँपालिकाका अर्का किसान ध्रुवनारायण बनियाँले बताउनुभयो ।
नवलपरासीको परासी देखी दक्षिणी भागमा असार पहिलो हप्ता भन्दा पहिला नै धानको रोपाई सकिएको छ भने उत्तरी तर्फका खेतहरुमा अहिले पानीको अभावले खेतमा रोपाई सम्म हुन सकेको छैन । Source
इन्टरनेसनल प्रोजेक्ट डेभेलपमेन्ट फोरम, आइपिडिएको प्रथम बार्षिक उत्सव तथा विशिष्ट ब्यक्तित्व सम्मान कार्यक्रमको अवसरमा स्वागत मन्तब्य दिनुहुदै संस्थाका उपाध्यक्ष भवानी...
नेकपा माओवादी केन्द्रले काठमाण्डौ जिल्ला समन्वय समितिले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि काठमाण्डौ क्षेत्र नं...
हाल बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार...