९ चैत्र २०७९, बिहीबार
March 23, 2023, Thursday

भीरमा झुण्डिएर सडक खन्दै नेपाली सेना

भीरमा झुण्डिएर सडक खन्दै नेपाली सेना

कर्णाली करिडोरको हुुम्ला खण्डको कडा चट्टानी भीरमा नेपाली सेनाका जवानहरुले ज्यानको बाजी राखेर काम गर्दै आएको छ । जुना शाहीले शरीरमा डोरी बाँधेर होल खोप्ने काम गर्दै आउनुभएको छ । अग्लो र चट्टानी भीर भएको स्थान सुनाखाडामा काम उहाँसँगे सेनाका अन्य जवानहरु पनि यसरी नै ज्यानलाई जोखिम मोलेर काम गर्दै आउनुभएको छ । 

तल नदी माथि पहरो भीर, काम गर्दा शरीर नै सिरिङ्ग हुन्छ तर पनि काम गर्न भने छाडेका छैनन् । उहाँले एक महिनादेखि उक्त काम गर्दै आउनुुभएका उहाँ लगायतका नेपाली सेनाका जवानहरु दिनरात खटिदै आएको छ ।  विस्फोटका लागि मेशिनबाट होल खोप्ने, विस्फोट भएर छरपुुष्ट भएका ढुुङ्गा पन्छाउनेदेखि ग्याबिन भर्ने कार्य एकसाथ भइरहेको छ । निक्कै अग्लो असजिलो चट्टानमा डोरी शरीरमा बाँधेर कामदारले होल खोप्ने र विस्फोट भएका ढुुङ्गा पन्छाउने कार्य गर्ने गर्छन् । 

कर्णाली करिडोरको हुुम्ला खण्ड अन्तर्गत स्याल्तडीदेखि लालीबगरसम्मको कडा चट्टानी भीर छिचोल्ने कार्यलाई सेनाले तीव्रता दिएका छन् । उक्त खण्डमा सेनाले चट्टान विस्फोट गर्नेदेखि मेशिन र कामदारद्वारा एकसाथ निर्माण कार्य अगािड बढाएको हो । नेपाली सेनाको कर्णाली करिडोर विकास निर्माण कार्यदलका योजना प्रमुख अनुुप पोखरेलले यसवर्ष सेनाले जिम्मा पाएको तीन किलोमिटर सडकको निर्माण कार्य सम्पन्न भएको जानकारी दिनुभयो । 

यो पनि हुुम्ला र कालिकोट बाजुुरा क्षेत्रको घाटापारी क्षेत्र गरी तीन किलोमिटर सडक निर्माण गर्ने जिम्मेवारी सेनाको रहेको थियो । यसमा हुुम्ला खण्डको स्याल्तडीदेखि लालीबगरको ११ किलोमिटर छ । एक किलोमिटरभन्दा बढी सडक हुुम्ला खण्डको सेनाले निर्माण गरेको छ । घाटापारी क्षेत्रको ११ किलोमिटर सडकमा सेनाले काम गरिरहेको छ । हुुम्ला खण्डलाई प्राथमिकतामा राखेर काम भइरहेको निर्माणमा खटिएको सेनाले जनाएको छ ।

हाल लालीबगर ल्याप्चे क्षेत्रको पाँच वटा स्थानमा सडक निर्माण कार्य भइरहेको छ । यसमा ११ वटा कम्प्रेशसर मेशिनबाट काम भइरहेको छ । २५० जना हुम्ला खण्ड र ५० जना  कालिकोट बाजुुरा गरी ३०० जना कामदार दुुवै खण्डमा काम गर्दै आउनुुभएको छ । 

यसवर्षको लक्ष्य भन्दा पनि अब दुुवै खण्डको निर्माण गर्ने जिम्मा सेनाको रहेको कारण कामलाई तीव्रताका साथ निरन्तरता दिइने सेनाले जनाएको छ । हुुम्ला खण्डमा सेनाले दैनिकजसो कडा चट्टानलाई विस्फोट गर्ने कार्य गरिरहेको छ । उहाँले त्योसँगै मेशिनबाट सडक निर्माण गर्ने र कामदारबाट ग्याबिन लगाउने कार्य भइरहेको बताउनुभयो । 

करिडोरको हुम्ला खण्डमा ठाउँ ठाउँमा गरि तीन किलोमिटर क्षेत्र चट्टानी भाग छ । ती सबै चट्टानमा विस्फोट गर्ने कार्य भइरहेको छ । ३० मिटर अग्लो चट्टानलाई विस्फोट गरेर आठ मिटर चौडा सडक निर्माण गर्नुपर्ने बाध्यता सेनालाई छ । सरकारले आगामी आर्थिक वर्षमा हुुम्लाको सदरमुकाम सिमकोटसँग राष्ट्रिय सडक सञ्जाल जोड्नका लागि मन्त्रिपरिषदबाट निर्णय गरेर नेपाली सेनालाई सडक निर्माणको जिम्मा लगाएको थियो । 

यसअघि करिडोरकै कालिकोटको खुलालु, लैफुु हुँदै हुुम्लाको सलीसल्लासम्मको १२२ किलो मिटर सडक निर्माण गरेर सेनाले गतवर्ष असार ३१ गते सडक विभागलाई हस्तान्तरण गरिसकेको छ । Source

Related News

शिक्षामा उत्कृष्ट परियोजनाको अनुसन्धान र विकासमा आइपिडिएफले पहल गर्ने
शिक्षामा उत्कृष्ट परियोजनाको अनुसन्धान र विकासमा आइपिडिएफले पहल गर्ने
  • १ श्रावण २०७९, आईतवार

इन्टरनेसनल प्रोजेक्ट डेभेलपमेन्ट फोरम, आइपिडिएको प्रथम बार्षिक उत्सव तथा विशिष्ट ब्यक्तित्व सम्मान कार्यक्रमको अवसरमा स्वागत मन्तब्य दिनुहुदै संस्थाका उपाध्यक्ष भवानी...

काठमाण्डौ क्षेत्र नं ३ वाट शुशिला पौडेल र महेश्वर फुयल सिफारिस
काठमाण्डौ क्षेत्र नं ३ वाट शुशिला पौडेल र महेश्वर फुयल सिफारिस
  • १ श्रावण २०७९, आईतवार

नेकपा माओवादी केन्द्रले काठमाण्डौ जिल्ला समन्वय समितिले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि काठमाण्डौ क्षेत्र नं...

बागमती र गण्डकीका केही स्थानमा बिहानैदेखि वर्षा
बागमती र गण्डकीका केही स्थानमा बिहानैदेखि वर्षा
  • १ श्रावण २०७९, आईतवार

हाल बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार...

TOP