१७ जेष्ठ २०८०, बुधबार
May 31, 2023, Wednesday

नर्स बेलायत लैजाने प्रस्ताव मन्त्रिपरिषद्‍मा

नर्स बेलायत लैजाने प्रस्ताव मन्त्रिपरिषद्‍मा

बेलायत सरकारबाट माग भए बमोजिम नर्सिङ जनशक्ति पठाउने योजनाअनुरूप  श्रम समझदारीपत्रमा हस्ताक्षरका गर्नका लागि मन्त्रिपरिषद्‍ प्रस्ताव पठाइएको छ।  

पछिल्लोपटक बेलायतको डिपार्टमेन्ट अफ हेल्थ सर्भिस, नेसनल हेल्थ सर्भिसका प्रतिनिधि तथा काठमाडौंस्थित बेलायती दूतावासका प्रतिनिधि र नेपाल सरकारका प्रतिनिधिबीचको छलफलबाट श्रम समझदारीपत्रको मस्यौदा तयार पारिएको हो।

अब उक्त प्रस्ताव मन्त्रिपरिषद्‍बाट स्वीकृत भएपश्चात् सम्झौताको टुंगो लाग्ने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सह–प्रवक्ता डा. थानेश्वर भुसालले बताउनुभयो।

‘‘नर्सिङ जनशक्ति बेलायत पठाउने योजना अनुरुप समझदारी पत्र हस्ताक्षरका लागि मन्त्रिपरिषद्‍मा प्रस्ताव पठाइएको छ। मन्त्रिपरिषद्‍बाट  स्वीकृत भएपश्चात् सम्झौताको टुङ्गो लाग्छ,’’ उहाँले भन्नुभयो।

श्रम सम्झौताका लागि मन्त्रिपरिषद्को स्वीकृतिपछि मात्रै बेलायत जाने नर्सले के कस्तो प्रक्रिया पूरा गर्नुपर्ने भन्नेबारे पनि टुंगो लगाइने सहप्रवक्ता भुसालले प्रष्ट पार्नुभयो।  बेलायत पठाउनका लागि ‘ह्युमन रिसोर्स म्यापिङ’ गरिएको र १५ हजार बेरोजगार नर्सिङ जनशक्तिमध्येबाटै पठाउने तयारी भएको उहाँको भनाइ छ।  Source

Related News

शिक्षामा उत्कृष्ट परियोजनाको अनुसन्धान र विकासमा आइपिडिएफले पहल गर्ने
शिक्षामा उत्कृष्ट परियोजनाको अनुसन्धान र विकासमा आइपिडिएफले पहल गर्ने
  • ३१ जेष्ठ २०७९, मंगलवार

इन्टरनेसनल प्रोजेक्ट डेभेलपमेन्ट फोरम, आइपिडिएको प्रथम बार्षिक उत्सव तथा विशिष्ट ब्यक्तित्व सम्मान कार्यक्रमको अवसरमा स्वागत मन्तब्य दिनुहुदै संस्थाका उपाध्यक्ष भवानी...

काठमाण्डौ क्षेत्र नं ३ वाट शुशिला पौडेल र महेश्वर फुयल सिफारिस
काठमाण्डौ क्षेत्र नं ३ वाट शुशिला पौडेल र महेश्वर फुयल सिफारिस
  • ३१ जेष्ठ २०७९, मंगलवार

नेकपा माओवादी केन्द्रले काठमाण्डौ जिल्ला समन्वय समितिले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि काठमाण्डौ क्षेत्र नं...

बागमती र गण्डकीका केही स्थानमा बिहानैदेखि वर्षा
बागमती र गण्डकीका केही स्थानमा बिहानैदेखि वर्षा
  • ३१ जेष्ठ २०७९, मंगलवार

हाल बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार...

TOP