काठमाडौं महानगरपालिकाले नुवाकोटस्थित सिसडोल क्षेत्र अबको एक महिनाभित्र दुर्गन्धरहित हुने जनाएको छ ।
महानगरको आइतबार बसेको कार्यपालिका बैठकमा प्रमुख वालेन्द्र साहले सिसडोल क्षेत्र एक महिनाभित्र दुर्गन्धरहित हुने ढंगबाट पहल भइरहेको बताउनुभयो ।
एक महिनाभित्र दुर्गन्ध हटाउन जैविक केमिकल जसले वातावरणमा असर पार्दैन, त्यस क्षेत्रमा बाटो निर्माणको काम असारको पहिलो हप्ताबाट सुरु हुने साहले बताउनुभयो ।
उहाँले स्वास्थ्य बिमा लगायतका वितगमा भएका सम्झौता अनुसार यसको कार्यान्वयनका लागि महानगरको गतिविधि अगाडि बढेको बताउनुभयो ।
रासायनिक मल, प्लास्टिक र फलामजन्य फोहोरको व्यवस्थापन गर्ने काम ३२ वटै वडामा भइरहेको छ । सडकको धुलो व्यवस्थापनमा पनि ब्रुमर चालकहरु केही दिनभित्रै आउछन् । साहले बताउनुभयो ।
महानगरको कार्यपालिका बैठकमा धुलो व्यवस्थापनका लागि ब्रुमर भए पनि यसका चालक नभएको गुनासो उठेपछि साहले प्रतिक्रिया दिनुभएको हो ।Source
इन्टरनेसनल प्रोजेक्ट डेभेलपमेन्ट फोरम, आइपिडिएको प्रथम बार्षिक उत्सव तथा विशिष्ट ब्यक्तित्व सम्मान कार्यक्रमको अवसरमा स्वागत मन्तब्य दिनुहुदै संस्थाका उपाध्यक्ष भवानी...
नेकपा माओवादी केन्द्रले काठमाण्डौ जिल्ला समन्वय समितिले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि काठमाण्डौ क्षेत्र नं...
हाल बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार...