स्थानीय तह सदस्य निर्वाचन २०७९ को मैन अवधीमा मकवानपुरको बकैयामा मतदाता ‘फकाउन’ आचारसंहिता विपरित बाड्न लैजाँदै गरको खानेपानीको पाईप स्थानीयले रोकेका छन् ।
पूर्वी मकवानपुरको बकैया गाउँपालिकामा निर्वाचन आचारसंहिता विपरित बाड्न लैजाँदै गरेको खानेपानीको पाईप स्थानीयले रोकेका हुन् । बुधबार दिउँसो बकैया ७ को हर्दा हुँदै माथिल्लो विकट गाउँमा मतदातालाई प्रभावित पार्ने उदेश्यले खानेपानीको पाईप बाड्न लैजाँदै गरेको अवस्थामा एमालेबाट बकैया ७ का उम्मेद्वार सहित स्थानीयले रोकेका हुन् ।
बा ११ च ७९११ नंबरको पिकअप भ्यानमा लैजाँदै गरेको ३ क्वाईल खानेपानीको कालो पाईप नेपाली कांग्रेसले बाड्न लागेको स्थानीयले आरोप लगाएका छन् । स्थानीय र सवारी चालकबीच विवाद भएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।
भ्यान चालकले पाईप सडकमै झारेर फर्किएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए । घटनास्थल नजिकै मतदान स्थल बुथ रहेको र बुथ छोड्न नमिल्ने भन्दै प्रहरीले खानेपानीको पाईप सोही स्थानीमा छोडेको बताए ।
उक्त खानेपानीको पाईप हालसम्म पनि सोही ठाउँमा अलपत्र रहेको र कसैले पनि जिम्मेवारी लिन नआएको बताईएको छ । यस’bout थप अनुसन्धान हुन बाकी रहेको प्रवक्ता कार्कीले बताए ।Source
मानवका लागि योगको नारा सहित आठौँ अन्तर्राष्ट्रिय योग दिवस देशैभर मनाइएको छ । काठमाडौं स्थित नेपाली आर्मी क्लवमा आयोजित कार्यक्रमलाई...
खानेपानी मन्त्री उमाकान्त चौधरीले उपत्यकाको बढ्दो जनसङ्ख्यालाई ध्यानमा राख्दै सरकारले मकवानपुरको कुलेखानी खोलामा बाँध बनाई दैनिक १५ करोड लिटर पानी...
अहिलेका सबैभन्दा चर्चित ब्यक्ति को हुन् भनेर सोध्यो भने जो कोहीले पनि सजिलै भन्न सक्छ, प्रेम आले । प्रधानमन्त्री शेर...